Breaking

भड्कियो जनमत पार्टी


काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यति बेला सर्वदलीय बैठक बसिरहेको छ । असन्तुष्ट जनमत पार्टीका अध्यक्ष सीके राउत त्यसमा सामेल छैनन् । जनमत पार्टीका उपाध्यक्ष दीपक साहले भने, ‘उद्योगधन्दा खोल्ने र रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ । चुनाव पनि हामीले यसै भनेर जितेका हौं । तर अहिले पूर्वसहमतिबाट प्रधानमन्त्री किन पछि हट्नुभयो, थाहा भएन ।’

सरकारलाई दिएको समर्थनबारे पार्टीले विचार गर्ने उनले चेतावनी दिए । यद्यपि प्रचण्डले यसअगावै विश्वासको मत लिइसकेका छन् । प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन् भने मधेस प्रदेशमा १३ सिट छ । मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल चलाउने सहमति भए पनि एमाले र माओवादी केन्द्र त्यसभन्दा पछि हट्न सक्ने आशंका जनमत पार्टीले गरेको छ । ‘

उहाँहरु एकपछि अर्को एकलौटी निर्णय गरिराख्नुभएको छ, हामीसँग कुनै छलफल नै गरिराख्नुभएको छैन,’ जनमत अर्का एक नेताले भने, ‘हामीलाई यही रबैया प्रदेशमा पनि देखाउने हो कि भन्ने आशंका छ । प्रचण्डले खानेपानी मन्त्रीमा खानको नाम राखेर राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको सूची पठाएका थिए । तर जनमतले उक्त पद अस्वीकार गरेको हो ।