Breaking

नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे


काठमाडौँ — सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंग्याएलगत्तै आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो ।

सोमबार९२ माघ० साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागवण्डा टुंग्याएको हो । दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। अहिले माओवादीबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री छन्। अब ३ मन्त्री र र १ राज्यमन्त्री थपिने छन् ।

त्यस्तै, नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । एमालेबाट अहिले सरकारमा बिना विभागीयसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसहित ४ मन्त्री छन्। यस्तै माओवादीले अब ४ मन्त्रालय पाएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री सहित सरकारमा रहेको रास्वपाले थप २ मन्त्रालय पाएको हो ।

राष्ट्रिय प्रजातान्त्र पार्टीले पनि ३ मन्त्रालय पाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन् । साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ । जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने निर्णय भए पनि सहमत भएको छैन।