Breaking

विश्वासको मत दिने दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठक बस्दै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगकै सल्लाहमा प्रचण्डले विश्वासको मत दिने दलहरूको बैठक बोलाउने बताएका थिए । सोही अनुसार आज शपथ ग्रहणपछि बैठक बस्ने गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले बताएका छन् ।

सोमबार अबेरसम्म सत्ता गठबन्धनको बैठकमा सामेल भएर निस्किएका लामिछानेले मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथग्रहण छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अपरान्ह ४ बजे विश्वासको मत दिने दलहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने कार्यक्रम रहेको छ ।

नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी अहिले मन्त्रालय भागबन्डामाा सहभागी नभएको पनि लामिछानेले बताएका छन् । प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा संसदको सबैभन्दा ठूलो दल कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए ।

प्रतिनिधिसभामा ५ माघमा सभामुखको निर्वाचन हुँदैछ । २८ माघसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नुपर्छ । विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठकबाट सभामुख र राष्ट्रपति निर्वाचनबारे सबै थाहा हुने सोमबार एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।