Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

मधेशमा आज सभामुखको निर्वाचन हुँदै


काठमाडौँ – मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आज हुँदैछ ।

दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबार नै सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका थियो तर पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोकको बिदा घोषणा गरिएपछि बैठक स्थगित गरेको थियो ।

आज मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको हो । सभामुखको लागि सत्ता गठबन्धन घटक नेकपा एमालेबाट रामचन्द्र मण्डल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट जंगीलाल राय उम्मेदवार छन् । दुवैजना पुस ३० गते उम्मेदवारी दर्ता गराएका थिए ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।