Breaking

पेरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ४२ पुग्यो, प्रदर्शन कम हुने कुनै संकेत छैन


काठमाडौँ — पेरूमा नयाँनिर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको मागगर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राष्ट्रपतिको विरोधमाहप्तौंदेखि जारी प्रदर्शन कमहुने कुनै सङ्केत देखिएको छैन । पेरूको राजधानीलिमा र अन्यतीन क्षेत्रमा राष्ट्रपति डिना बोलुआर्टेको विरोधमाहप्तौंदेखि जारी प्रदर्शन कमहुने कुनै सङ्केत देखिएको छैन । नयाँनिर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको मागगर्दै भएको प्रदर्शनमाकम्तीमा ४२ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बर ७मा पेड्रो क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले दक्षिण अमेरिकी देशको पहिलो महिला राष्ट्रपतिको रूपमापदभार ग्रहण गरेका थिए । सरकारले लिमा, कुस्को, कालाओ र पुनो क्षेत्रमाशनिबार मध्यरातदेखि ३० दिनकालागि सङ्कटकालीन अवस्थाथप गरेको छ । सङ्कटकालको घोषणाले आवागमन र भेलाहुने स्वतन्त्रता जस्ता संवैधानिकअधिकारलाई पनिनिलम्बन गरेको छ ।

पेरुका २५ क्षेत्रमध्ये ११ क्षेत्रमाआइतबार १०० भन्दा बढी सडक अवरुद्ध भएका छन् । बोलिभियासँग सीमाजोडिएको जुलियाकाशहरमाआइतबार लिमाको केन्द्रीयगिर्जाघरमाप्रदर्शनकारी र एक प्रहरीलाई जिउँदै जलाइएकाप्रदर्शनकारीकालागिआयोजित सामूहिकप्रार्थना सभामादर्जनौं मानिस सहभागीभएकाथिए । शोक मनाइरहेकाहरूमध्ये धेरैले शान्तिको प्रतीकको रूपमा सेतो टि–शर्ट लगाएकाथिए र मरेकाहरूको फोटो बोकेका थिए । मानवअधिकारसम्बन्धीअन्तर–अमेरिकीआयोगले सङ्कटको अन्त्यकालागियी समूहहरूलाई पेरुको समाजमाअझ राम्रोसँग एकीकृत गर्न आवश्यक रहेको बताएका छन ।

क्षेत्रीयप्रशासनकाउपमन्त्रीजोसे मुरोले अनुत्तरित सामाजिकमागहरूबारे छलफल गर्न सरकारले देशव्यापी रूपमा ‘वार्ताकालागि ठाउँ’सिर्जना गर्ने बताएका छन्। यसैबीचलिमाका साथै सीमान्तकृत दक्षिणी एन्डियन क्षेत्रमा सोमबारका लागिव्यापकप्रदर्शनको घोषणा गरिएको छ । शनिबार रातिदर्जनौं प्रदर्शनकारी राजधानीको मिराफ्लोरेस जिल्लामा ‘शहरकब्जा’ को मागगर्दै प्रदर्शनमाउत्रिएकाथिए ।प्रसिद्ध माचू पिचु क्षेत्रको प्रवेशद्वार कुस्कोको विमानस्थलदुई दिन अघि बन्द भएपछि शनिबार पुनःखोलिएको थियो । पेरु वर्षौं देखि राजनीतिक रूपमाअस्थिर छ र ६० वर्षीय बोलुआर्टे पाँचवर्षमा छैटौं राष्ट्रपति बनेका थिए ।

क्यास्टिलोलाई विद्रोहलगायतअन्यअपराधको अभियोगमा १८ महिनाको हिरासतमा राखिएको छ । प्रदर्शनमाशाइनिङ पाथ कम्युनिस्ट गुरिल्ला समूहकाअवशेषसहित कट्टरपन्थी समूहको हात रहेको दाबी गरेका छन्। यसको प्रमाणको रूपमातिनीहरूले त्यस संगठनका पूर्व सदस्यकामरेड कुसीभनिने रोसियो लियान्ड्रोलाई यसै हप्तापक्राउ गरेको थियो । प्रहरी प्रवक्ता जनरल ओस्कार एरिओलाकाअनुसार लियान्ड्रोले अयाकुचो क्षेत्रमा एक दर्जनको ज्यानजाने गरी भएको हिंसामाआर्थिक सहयोग गरेका बताए ।