Breaking

प्रचण्डसँग देउवाले सम्बन्धको हात बढाउँदा ओली सशंकित,कांग्रेसले सत्तामा भाग मागे के गर्छ एमाले ?


काठमाडौँ — सप्तरङ्गि सहयात्रीका कारण यसै पनि सकसमा परेको सत्ता गठबन्धनको गाठो कांग्रेसको विश्वासको मतले अझ कसिएको छ । एकातर्फ एमालेलाई साईजमा ल्याउन कांग्रेस वोक्ने प्रधानमन्त्री प्रचण्डको ईच्छा र अर्कातर्फ त्यसैमा ओलीको असन्तुष्टिले वातावरण गिजोलिएको हो । जहाँ कांग्रेस यसैमा खेल्दै प्रचण्डको विश्वास जित्न अघि बढेको छ । एमालेको साथ लिएर प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसंगै मन्त्रीपरिषद विस्तार गर्ने रणनिति लिए ।

तर आफू पेलिएकै महसुसकावीच एमालेकै साथमा अघि बढ्ने उनको यो दुस्साहसगै ब्युझिएको कांग्रेसले समेत विश्वासको मत दिएपछि भने अवस्था सकसपूर्ण बनेको छ ।एकातर्फ सभामुखमा तुरुप फ्याकेर राष्ट्रपति बन्ने बाटो रोजेको कांग्रेस र त्यसलाई राष्ट्रिय सहमतीको नाम दिने प्रचण्डको प्रयास नै अहिले मन्त्रीपरिषद विस्तारमा तगारो बन्दै आएको थियो । यहि रस्साकस्सीकावीच सोमबार मन्त्रालयको भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिब पाँच घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो ।

उक्त छलफलले मन्त्रालयको भागवण्डा मिलाइसकेको छ । बताईएअनुसार लोसपा समेत सरकारमा सहभागी हुन चाहेपछि सत्ता साझेदार दलहरुले यसअघि पाउने भनिएका मन्त्रालय संख्या घटेको छ भने ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागबण्डाको मोडालिटी तयार पारिएको हो ।माघ ५ गते बस्ने प्रतिनिधि सभा बैठकको कार्यतालिका सभाुमखको चयन रहेको छ । तर सभामुखको उमेदवारी दर्ताको लागि छुट्याईएको समयका लागि केहि घण्टामात्रै वाँकि रहदाँ उमेदवार कुन पार्टीबाट को भन्ने टुंगो लागिसकेको छैन ।

सत्ता गठबन्धनबाट समेत सभामुखको उमेदवार कसलाई बनाउने भन्ने निर्णय भइसकेको छैन । सहमती अनुसार सभामुख एमालेको भागमा पर्ने सहमति भए पनि सभामुख र राष्ट्रपतिबारे भने विश्वासको मत दिने दलहरुवीच छलफल गर्ने प्रधानमन्त्री प्रचण्डकोभनाई छ । यहि कारण आज वा भोलीमा सवै विषय टुङ्गाएर अघि बढ्ने निर्णय प्रचण्ड ओली पुगेका हुन ।

यता प्रधानमन्त्रीलाई आवश्यक नै नरहेको विश्वासको मत दिएर खोचे थापेको कांग्रेसले ओली –प्रचण्डवीच फाटो ल्याउने रणनितिमा छ । यहि कारण विहान र वालुवाटार र वेलुवा वालकोटामा कहिले खाजा र कहिले खानासहित छलफलमा जुटे पनि ओलीलाई माओवादी गलाउन समस्या देखिएको छ । आफू दिने भन्दा लिने हो भन्ने घमण्डमा रहेका ओलीलाई अर्को तर्फ राष्ट्रिय सहमतीको आकार दिने प्रचण्डको उद्घोषले अझ शंशंकित बनेको छ । प्रचण्ड फकाउन नसके माओवादीको विरह खपेको कांग्रेसको हालतमा पुग्ने खतरामा एमाले छ ।संवैधानिक भाग खोज्ने र सभामुखमार्फत राष्ट्रपतिमा च्याखे थापेका प्रचण्डको कदम प्रति ओली त्यति सन्तुष्ट देखिदैनन् । उनले सदनको रोष्टमबाटै कांग्रेसले ढोक्सा थापेको मात्रै बताएका छैनन कि उसलाई कुनैपनि हालतमा पाखा लगाउने अभिव्यक्ति नै दिईसकेका छन । जहाँ एमालेकै नेताहरु भने अव कांग्रेस सत्तापक्ष नै भएको भन्ने भनाईमा समेत कांग्रेसले भाग खोज्ने डर देखिन थालेको छ । यद्यपी उनीहरु कांग्रेसले त्यस्तो गैर राजनीतिक चरित्र नदेखाउने आशामा भने छ । यदि राष्ट्रिय सहमतीका नाममा आफूले प्रधानमन्त्री बनाउन दिएको साथ प्रचण्डले विर्सिए त्यसको लेखाजोखा आममतदाताले गर्ने उनीहरुको तर्क छ ।

यद्यपी कांग्रेसले पाएको भाग आफूबाट खोसिने भएपछि माओवादी भित्रै पनि यस बारे असन्तुष्टि चर्को छ । प्रधानमन्त्रीका लागि हत्ते नै हाल्नुपर्ने हो भन्ने तर्क गर्ने उनीहरुलाई नैतिक दवाव पार्नका लागि कांग्रेसले माओवादी वोक्ने अभियान नै थाल्ने संकेत गरेको छ । जसबाट प्रचण्डको सत्तायात्रा ओलीसंग भन्दा देउवासंग सहज हुने प्रमाणित गर्न चहान्छ । यदि त्यसो भए आफूहरुलाई प्रतिपक्षमा बस्न कुनै समस्या नभएको एमालेको धम्कीपूर्ण भाषाकावीच माओवादीले कस्तो कदम चाल्ला त्यो हेर्न भने केहि समय कुर्नै पर्ने हुन्छ ।