Breaking

विमान दुर्घटनाको दोस्रो दिन के–के भए ? पोष्टमार्टमपछि कसलाई कहाँ जिम्मा दिइने छ ?


काठमाडौँ — पोखरा विमान दुर्घटनाको दोस्रोदिन सोमबार देशभर शोक व्यक्तगरिएको छ । विमान दुर्घटनामा ज्यानगुमाएकाको सम्झनामा सरकारले सार्वजनिकविदादिएर मृतकप्रतिशोक प्रकट गरेकोहो । यती एयर लाइन्सको विमान दुर्घटना भएको दोस्रो दिन सोमबार सरकारको निर्णयअनुसार देशैभर सार्वजनिकविदादिइयो । विमानमा सवार ७२ जनामध्ये ६९जनाको शव फेलापारिसकेको छ भने बाँकी४जनाकाखोजीकार्य तीव्र पारिएको छ ।

खोज तथा उद्धारमा सशस्त्रप्रहरी बलको गोताखोरको प्रयोग गरेतापनिशव फेला पर्न भने सकेको छैन । फेला परेको शवमध्ये ३९ जना पुरुषको छ भने २५ महिला रहेका छन् बाँकीका ३ शव छुट्याउनै नसक्ने अवस्थामा छ । त्यस्तै अहिलेसम्म ३८ जनाको शव सनाखतभएको छ । जसमा ४ जनाविदेशीनागरिक छन् ।

सनाखतभएको शव सोमबार अस्पतालबाट पोस्टमार्टम गरि आवश्यकप्रक्रिया पुरा गरेर आफन्तलाई जिम्मालगाउने तयारी छ । पहिचाननभएका, विदेशीनागरिक एवं काठमाडौंमाआफन्तभएकाव्यक्तिको शव हेलिकप्टरमार्फत राजधानील्याइएको छ । त्यस्तै, विमान दुर्घटनाको कारण पत्तालगाउन महत्वपूर्ण मानिने ब्ल्याकबक्स पनि भेटिएको छ । ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुने ब्ल्याकबक्स नेपाली सेनालाई बुझाइएको छ ।

सोमबार बिहान नै राष्ट्रिय विपद् जोखिमन्युनिकरण तथाव्यवस्थापनप्राधिकरणले विमान दुर्घटनामा परेर मृत्यु भएकाहरुको शवव्यवस्थापन र बिमा रकमभुक्तानीमा सहजीकरण गर्ने निर्णय गरेको छ । प्राधिकरणले बीमाको रकमभुक्तानीमा समस्यानहुने र शवव्यवस्थापनमाआफन्तहरुलाई सहजीकरण गर्ने निर्णय गरेको हो ।

सरकारले यस्ता घटनापछि विभिन्न निर्णय गर्ने तथा छावनविन समिति गठन गरि ढिलो चाढो प्रतिवेदनबुझाउने औपचारिक कामगर्ने गरेको छ । तर, विगत हेर्ने हो भने त्यसको प्रभावकारी कार्यान्वयनभएको देखिदैन । देशले विपद् भोगिरहने तर अनुसन्धान र प्रतिवेदनकर्मकाण्डी मात्रै बनिरहँदा देशले यस्तो नियतीभोगिरहनु परेको छ । यस्ताअप्रिय घटनाबाट छुटकारा पाउने हो भने प्रतिवेदनहरुको कार्यान्वयनहुनअतिआवश्यक छ ।

विमान दुर्घटनामा पर्नेहरु पत्राकारिता, गितारिस्ट तथा संगीतकर्मी, गायन, चिकित्सादेखि टिकटकसम्मका चर्चित र आममानिसले अनुशरण गर्ने व्यक्तिहरु थिए । आफ्नो क्षेत्रमा सफलताको स्वादचाखिरहेका उनीहरुको मृत्युमा देश नै शोकमग्नभइरहँदाउनीहरु संलग्न क्षेत्र पनिशोकाकुल बनेको छ ।

नेपालपत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामाशोक मनाउने निर्णय गरेको छ भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझबन्दगर्ने निर्णय गरेको छ । ट्रमा सेन्टरमा डाक्टरको सम्झनामाविदादिएको छ । समाजको कुनै तप्कालाई नछोडेको इतिहासकै सबैभन्दा ठूलो अप्रिय घटनाबाट देशले भोग्न परेको क्षति त छदैँछ, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि पुनःनमज्जालेधमिलिएको छ ।