Breaking

विमान दुर्घटना: मानवीय संवेदनामाथि निर्मम प्रहार, पीडितलाई थप पीडा दिँदै मिडिया


काठमाडौँ — आइतवार पोखरामाभएको विमान दुर्घटनाले मुलुकशोकमा डुवेको छ । मृतकका परिवार आफन्तजन पीडामा छन् । सामाजिक सञ्जालसहितसञ्चार माध्यममाछ्यापछ्याप्तीपोष्टइएकाहृदयविदारक सामाग्रीले पीडितलाई थप पिडा दिईरहेको छ । मिडियाजन्य गतिविधिवारे मानवीय संवेदनशीलता हराएकै हो त ? आइतवार पोखरामाअकल्पनियघटना घट्यो । यति एयरलाईन्सको नाइनएनएएनसी एटीआर ७२ विमान दुर्घटना हुँदाविमानमा सवार ६९जनाकै मृत्यु भयो ।

थपतीनजनाको खोजीकार्य जारी छ । योनेपालको आन्तरिक उडान इतिहासमै यत्ति धेरै मानवीयक्षतिभएको सबैभन्दा ठुलो दुर्घटना हो । दुर्घटनामा ज्यानगुमाएकाआफन्त परिवार शोकमा छन् । समग्र मुलुक स्तब्ध छ । सरकारले सोमवार सार्वजनिकविदा नै दियो । मुलुकभित्रकामात्रहोइनअन्तराष्ट्रिय रुपमाआम सर्वसाधरणदेखि उच्चव्यक्तिहरुले शोक व्यक्त गरेका छन् । भारतीयप्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भलादीमीर पुटिनसम्मले दु.ख व्यक्त गरेका छन् । समवेदना सन्देश पठाएका छन् ।उक्त दुर्घटना सबैलाई भावविहोल बनाएको छ ।

यो पीडादायी क्षणमा व्यक्तिगत रुपमाजतिमानवीय संवेदनशीलता र आत्मिक राहत जरुरी छ । तर सामाजिक सञ्जालर सञ्चार माध्यमले यसको धज्जि नै उडाई रहेको भान हुन्छ ।नपत्याए यो दृश्य हेर्नुस् त । यो दृश्य आइतवारविमान दुर्घटनास्थलमा देखिएको दृश्य हो । धेरैलाई भिडियो लिने हतार थियो । सामाजिक सञ्जालमालाईभ गर्न चटारो थियो । भने उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उद्धार भन्दा सर्वसाधरणको भीड नियन्त्रण सकस बनिरहेको थियो ।यो भीड नियन्त्रण गनुपर्ने कि आफै अनुशासितहुनुपर्ने । अनुसन्धानगर्नुपर्ने दुर्घटना स्थलमाजम्माभएको यो भीडले अनुसन्धानमा असर गर्दैन ?यसको जवाफकसले दिने ?

यहाँ उद्धारमा खटिएका सुरक्षाकर्मीले जलेर क्षेतविच्छेद भएका, टुक्रा टुक्राभएकाशवबोरामाहालिरहेका छन् । यस्तो संवेदनशील दृश्य खुलेआम कैद मात्र गरेको छैन सामाजिक सञ्जालमायत्रतत्रपोष्ट्याएका छन् । यत्ति संवेदनशीलविषयलाई यसरी बजारीकरण गर्न मिल्छ ? सोचनियविषय बनेको छ ।व्यक्तिको सामाजिक सञ्जालमापोष्ट हुनु स्वभाविकहोला । व्यक्तिको इच्छासँग कसैले प्रश्नगर्न सक्दैन तर त्यहि भिडियो फोटोको छ्यापछप्तीप्रयोग गर्दै ठुलो सञ्चार माध्यमहरुले पनिआँशुको खेतिगर्न मिल्छ? सञ्चारमाध्यमकिन संवेदनशीलबन्न सकिरहेका छैनन् त ?

सामाजिक सञ्जाल, सञ्चार माध्यमले जति सहजतादिएको छ पीडामा परेकालाईभनेथप पीडा दिने माध्यमसमेत बनेको छ । हाम्रो मानवीय संवेदनशीलताप्रश्नको घेरामा छ । आफन्तगुमाएर पीडामा रहेका परिवारजनलाई हरतरहले पीडादिने काम सञ्चार माध्यमबाट हुनु पक्कै पनि राम्रो संकेत होइन । यसतर्फ सबैले एकपटक सोच्ने कि ?