Breaking

किन बढ्दै छ जहाज दुर्घटना ? दोष कस्को ? छानबिन समिति कर्मकाण्डीमै सीमित हुने डर


काठमाडौँ — पोखरामा भएको विमान दुर्घटनाले नेपाली आकाश हवाई यात्राका लागि असुरक्षित रहेको तर्कलाई थप पुष्टि गरिदिएको छ । यसअघि पनि नेपाली आकासमा दर्जनौ जहाज दुर्घटनामा परिसकेका छन् भने सर्यौ मानिसले ज्यान गुमाईसकेका छन । तर दुर्घटना किन हुन्छ र कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने तर्फ सोच्नुपर्ने सरकार भने कर्मकाण्डी छानविन समिति गठनमै सिमित बन्दै आएको छ । त्यसो भए दोहोरिरहने विमान दुर्घटनामा दोष कस्को त ? आइतवार पोखराको मौसम पनि सफा थियो भने उडान दलमा पनि अनुभवी पाईलट थिए ।

त्यस्तै अन्तराष्ट्रिय स्तरको यो विमानस्थल सोहि जहाजले त्यसअघि पनि उडान भरिसकेको थियो । यसरी हेर्ने हो भने सवैथोक ठिक भएर पनि यति एयरलाईन्सको यो जहाज किन दुर्घटनामा पर्यो भन्ने विषयमा अहिले चासो बढेको छ । जसको अनुसन्धानका लागि गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरू नै सुरु गरिसकेको छ । दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन गठन गरिएको आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ।

अनुसन्धानका लागि महत्वपूर्ण मानिने दुर्घटनाग्रस्त जहाजको व्ल्याक बक्स समेत प्राप्त गरिसकेको आयोगले कस्तो प्रतिवेदन बुझाउला त्यो हेर्न वाँकि नै भएपनि कतिपयले यसलाई विगतकै जस्तो कर्मकाण्डी कार्यको संज्ञा दिईसकेका छन ।नागरिक उड्डयन प्राधिकरणको तत्थ्याङ्क हेर्ने हो भने पनि सन् २०१० यता मात्रै नेपालमा कम्तीमा तीन दर्जन हवाई दुर्घटना भएकोे छ । अधिंकाशमा गठन गरिएका छानविन समितिहरुले यस्ता घटनामा प्रतिकूल मौसम लगायतका अन्य विभिन्न पाटा औँल्याइएको छ ।अत्यन्त पुराना विमान सञ्चालन भइरहेका कारण पनि नेपालमा बेलाबखत हवाई दुर्घटना भइरहने धेरैको बुझाईकावीच पनि विगतका घातक विमान दुर्घटनाहरू धेरैजसो मानवीय त्रुटिका कारण भएको समितिका प्रतिवेदनहरुले देखाउछन ।

दुर्घटनापछाडि इन्जिनले काम नगरेकोजस्ता यान्त्रिक कारण शून्यप्रायः भएको बरु व्यवस्थापकीय पक्षमा चुक्दा दुर्घटनाहरू भएको प्रतिवेदनका दावीकावीच अवकाशप्राप्त पाइलट प्रचण्डजङ्ग शाह पनि जहाज पुरानो हुने भन्ने विषय भन्दा पनि आवधिक रूपमा गरिने मर्मतसम्भार महत्वपूर्ण हुने बताउछन । तर सुरक्षा सतर्कताका लागि बनाएका कानुनमै भएका कमजोरी तथा कार्यान्वयनमा देखिएको समस्या नै हवाई दुर्घटना बढ्नुको मुख्य कारण रहेको उनको भनाई छ ।

नेपालको हवाई निति २०६३ हेर्ने हो भने पनि प्रेसराइज्ड विमानको हकमा १५ वर्षभन्दा पुरानो वा ४५,००० प्रेसराइजेशन साइकल पूरा गरेको जुन पहिले हुन आउँछ त्यस्ता वायुयानहरू आयात निषेध गरिएको उल्लेख छ।जहाँ २० वर्षभन्दा पुरानो वायुयानलाई आयात गर्न सामान्यतया अनुमति प्रदान नगरिने बताईएको छ । तर नियामक निकाय नै मोलाहिजा विक्ने र भ्रष्ट्रचारमा चुर्लुम्ब डुवेको अवस्थामा कानुन नै कार्यान्वयन हुन नसकेको हवाई क्षेत्रका जानकारहरु बताउछन ।

पूर्व पाईलट कुलबहादुर लिम्बु पनि पहिले नियामक निकाय नै सुध्रिन आवश्यक रहेको तर्क गर्छन । निति निर्माण र कार्यान्वय गरेर दुईसंयन्त्र हुनुपर्नेमा यी दुवै काम गर्ने नागरिक उड्ययन प्राधिकरण जस्तो एउटै निकाय हुनुपनि अर्को समस्या रहेको लिम्बुको बुझाई छ । हवाई क्षेत्रमा सर्टकर्ट वा सम्झौता गर्ने विषय नै नहुने बताउने उनी प्रतिवेदनले औल्याएका विषयमा समेत सरोकारित निकाय सचेत बन्न नसकेको तर्क गर्छन ।

यसरी हेर्दा प्रत्येक दुर्घटनामा छानविन समिति गठन गर्ने र त्यसका प्रतिवेदनलाई थन्काएर राख्ने सरकारी प्रवृत्तीले नै नेपाली हवाई यात्राका लागि जोखिम थपिरहेको छ । जहाँ जहाजको आयु र उडान अघिका प्रक्रियामा भन्दा प्रक्रिया पुरा गर्दा हुनसक्ने सम्भावित चलखेलमा वढि प्रश्न उठेको छ । यसको अर्थ दुर्घटना न्यूनिकरणका विषयमा सरकार सचेत भएजस्तो गरेर घटना पुरानो हुदै जाँदा विर्सिदै जाने प्रवृद्धि नै अहिले मुख्य समस्याको रुपमा देखिएको हो ।