Breaking

भेटियो ‘ब्ल्याक बक्स’


काठमाडौँ – आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।

दुर्घटनास्थलमा भर्खरै ब्ल्याकबक्स भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले पुष्टि गरे । बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ ।

भेटिएका शवहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । तीमध्यये २६ जनाको मात्र पहिचान खुलेको छ । तर, शवको पोष्टमार्टम भने अहिलेसम्म पनि हुन सकेको छैन ।