Breaking

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् ।

सोमबार बिहान ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका हुन् ।

अहिले दुई नेताहरूबीच ओली निवासमा भेटवार्ता जारी छ । संसदबाट विश्वासको मत लिएपछि प्रचण्ड दोस्रोपटक बालकोट पुगेका हुन् ।

मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न प्रचण्ड बालकोट पुगेको स्रोतले बताएको छ ।