Breaking

हवाई दुर्घटना : मौसम र क्याप्टेनलाई दोष दिएर विमान कम्पनी उम्कने परम्परा


काठमाडौँ – यति एयरको विमान दुर्घटना भएसँगै सरकारले तदारुकता देखाएको छ । दुर्घटनाबारे आफन्तलाई जानकारी दिन कल सेन्टर स्थापना र आवश्यक सहजीकरणको व्यवस्था मिलाउनका लागि तत्काल निर्देशन दिएको छ ।

आइतबार बिहान सबै नेपालीहरुको घरमा मकर संक्रान्तिको उल्लास थियो । उनीहरु घ्यू, चाकू, तरुल, तिलका लड्डुको स्वादमा रमिरहेका थिए भने कति आफन्तसँगको भेट घाटमा व्यस्त थिए । तर बिहान ११ बज्न नपाउँदै देशैभर पर्वको उल्लास एकाएक अप्रिय घटनामा बदलियो । बिहान १०ः३० बजे काठमाडौँदेखि पोखराका लागि विमानका ४ जना चालक दलका सदस्यसहित ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको ९-एन–एएनसी विमान अवतरण हुनु १० सेकेण्ड अगाडी नै गन्तव्यमा नपुग्दै दुर्घटना भयो ।

पोखरमा विमान दुर्घटना भइसकेपछि दुर्घटनामा परेका यात्रुका आफन्तहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक अद्यागमनमा भाव विह्वल देखिन्थे । रोइकराई गरेका अफन्तहरु दुर्घटनाबारे जानकारी दिन विमानकम्पनीसँग अनुनयविनय गरिरहेका थिए । अवतरण हुनुपर्ने धावनामार्गभन्दा १७ सय मिटर पर दुर्घटना भएको विमानमा सवार यात्रुका आफन्तले सूचना नपाउनु थप पीडादायी बनेको छ ।
एक त विमान दुर्घटनाको कहाली लाग्दो दुखद् खबर त्यसमाथि आफन्तहरु सूचनाविहीन हुँदै भौतारिरहेको अवस्था । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने यी सबै दृश्यको प्रत्यक्षदर्शी हुन बाहेक केही गर्न सकने । यद्यपि, आजको दिनबाट पाठ सिक्दै आकस्मिक बसेकोमन्त्रिपरिषद् बैठकले दुर्घटना परेककाआफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना र आवश्यक सहजीकरणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

घटनालाई नेपाल सरकाले गम्भीर रुपमा लिँदै उच्चस्तरिय छानविन समिति गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहप्रबन्धकको संयोजकत्वमा गठन गरिएको छानविन समितिमा नेपाल सरकारका पूर्वसचिव पनि रहेका छन् । ७२ जना सवार विमानमा ६९ जनाको शव फेला पारि अस्पताल लगिएको छ भने, बाँकी ३ जनाको खोजी कार्य हुँदै छ । अस्पतालमा रहेको शवको पोखरामा सम्भव भए त्यही नै पोस्टमार्टम गरि परिवालाई बुझाइने छ अन्यथा काठमाडौँ ल्याइने छ । तर, पोखराबाट काठमाडौँका लागि रात्री उडान नभएको आज भने सम्भव नहुने देखिन्छ ।

यो घटनाले हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि गरेको छ । सबैभन्दा जोखिमपूर्ण मानिएकोविमान यात्रा यस घटनाले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि पुनः धुमलिएको छ । प्रत्येक पटक हुने विमान घटनाबाट सरकारले लिने निर्णय र पाठ कर्मकाण्डीमात्रै बनेको छ ।

मौसम र विमान चालकलाई दोष दिएर विमानकम्पनी उम्कने परम्पराले यस्ता घटना बारम्बार दोहोर्याइनै रहेको छ । प्रविधिमा चासो नराख्ने तर, प्रकृति र मानवीय उपर दोषको विजारोपण मात्रै गरिरहने हो भने फेरि पनि यस्ता घटना नेपाली आकाशमा नघट्ला भन्न सकिँदैन ।