Breaking

आकाश उडानमै अस्ताए पाइलट दम्पती !

पाइलटको कहाली लाग्दो कथा


काठमाडौँ – सधै जै आइतबार पनि यति एयरलायइन्सले आफ्नो तालिका अनुसार नियमित उडानका लागि काडमाडौंबाट पोखराका लागि विहान १० बजेर ३३ मिनेटमा उडान भर्यो ।

काठमाडौँको आकाश छोडेर पोखराको जमिन टेक्नलाई अनुमति मागेको यति एयरलाइन सदुर्भाग्यनै भनौ धावनमार्ग सम्मपुग्न पाएन् । सामाजिक सञ्जालमा विमान दुर्घटनामा पर्नु अघि अनियन्त्रित भएर १८० डिग्री एगंलमा कोल्टिएको भिडियो सार्वजनिकभएको छ ।

यो दृश्यले पनि के संकेत गर्छ भने अनियन्त्रित भएर अगाडी बढेको विमान केही सेकेण्डमै पोखराको सेती खोंचमा दुर्घटनामा पर्‍यो । यति एयरलाईन्सको नाइ नएनएएनसी एटीआर ७२ विमानमा ६८ यात्रु र चालक दलका ४ सदस्यथिए । विमान २५ वर्ष अनुभवी सिनियर पाइलट कमल केसीले उडाएका थिए । पाइलट अञ्जु खतिवडाले पनि अनुभव प्राप्त गरिसकेकी थिइन् । २० हजार घण्टा भन्दा बढी समय आकाशमा जहाज उडाएका बरिष्ठ पाईलट कमल केसी नेपाली आकाशसँग चिरपरिचित थिए ।

अनुभवले खारिएका उनले पोखरा, विराटनगर, चन्द्रगढी, नेपालगञ्जसहित धेरै ठाउँमा उडान भरेकाछन् । तर आइतबार विज्ञ पाइलट कमलआफ्नै भुमिमा पराजित भएकाछन् । उडानका क्रममा धेरै जोखिम टारेरका केसीले आइतबारको अप्रियघटना भने टार्न सकेनन् । हुनाहार दैव नटार भने जस्तै सायद आइतबारको घटनाउनको काबु बाहीर थियो । यति एयरलाइनसको दुर्घटनाले देश शोकमा डेवुको छ । नेपाली आकाशमा आज फेरी कालो बादल मडारीएको छ । ठूलो संख्यमा मानविय क्षतिभएको छ ।
आइतबारको उडानमा बरिष्ठ क्याप्टेन कमलसँग साथमा थिइन को–पाईलट अञ्जु खतिवडा । कमलले अन्जुलाई गाइड गरिरहेका थिए र मुख्य भूमिकामा थिइन् अन्जु ।

प्रशिक्षणका रुपमाउनको यो अन्तिम उडान थियो । यसअघि अन्जुले पाइलट बन्नका लागि गर्नु पर्ने सबै विमानस्थलमा उडान पूरा गरेकीथिइन् । अन्तिम उडान भएकाले यो उडान सफल भएको भएउनी क्याप्टेन बन्ने पक्का थियो । क्याप्टेन बन्नैका लागि उनी वरिष्ठ क्याप्टेन तथा प्रशिक्षक केसीसँग पोखराको उडानमा गएकी थिइन् । तर अन्जुको सपना यतिको दुर्घटनासँगै खरानी भएको छ ।

१६ वर्षअघि अर्थात् ७ असार २०६३ मायती एयरलाइन्सकै विमान दुर्घटनामा परी उनका श्रीमान् दीपक पोखरेलको मृत्यु भएको थियो । पतिको मृत्यु वियोगमा अठोटसहित नेपाली आकाशसँग पौठा जोरी खेल्दै उडान भरीरहेकी अन्जु पनि अस्थाएकी छिन् । पतिको अधुरो सपना पुरा गर्न पाइलट तालिम लिएर बेग मारिरहेकी उनीले पनि मृत्यु जित्न सकिन्न् ।

घटनाको १६ वर्षपछि यती एयरलाइन्सकै विमान दुर्घटनामा अञ्जुले ज्यान गुमाएकी छन् । अर्थात्, को–पाइलट दम्पतीले १६ वर्षको अवधिमा एउटै कम्पनीको विमान दुर्घटनामा परी ज्यान गुमाएका छन् । आइतबार भएको दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए । पाइलट कमल केसी, क्याबिनक्रु सिर्जना होंगचुन र ओसिन आले मगरको पनि मृत्यु भएको छ ।