Breaking

यी हुन् नेपाली इतिहासमा भएका विमान दुर्घटना, किन असुरक्षित नेपाली आकाश ? (भिडियोसहित)


काठमाडौँ – नेपाली आकाशमा बेला बेला हुने दुर्घटनाले धेरैलाई झस्काईरहन्छ । आइतवार काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान दुर्घटनाले फेरि एकपटक विगतको घाउ कोट्याएको छ । १०४ वषीय हवाइ इतिहासमा २०१२ मा सिमरामा भएको पहिलो दुर्घटनाबाट आइतबार पोखरामा भएको दुर्घटनासम्म आउँदा कतिले ज्यान गुमाए त ?

पोखरामा आइतवर बिहान भएको विमान दुर्घटनाको नेपाली इतिहासकै ठुलो दुर्घटनामा दर्ज भएको छ । घटनामा ६९ जनाको निधन भएको छ भने थप तीन जनाको खोजी कार्य जारी छ । यसअघि पोखरा जोमसोम हवाई रुटमा चारवटा ठूला जहाज दुर्घटनामा परेका छन् ।

निकै त्रासदी पूर्ण देखिने उक्त खण्डमा २०५६ सालमा जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्विनी एयरको विमान दुर्घटनामा पर्यो । सो दुर्घटनामा चालक दलका सदस्य सहित १८ जनाले ज्यान गुमाए । त्यस्तै २०५९ साल भदौ ३ गते जोमसोम बाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरामा दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा पनि १८ जनाले ज्यान गुमाए ।

पोखरा जोमसोम रुटमा दुर्घटनाको सूची यतिमा मात्र सिमित छैन। २०६९ साल जेष्ठ १ गते अग्नि एयरको विमान दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए । आज भन्दा झण्डै ७ वर्ष अघि २०७२ साल फाल्गुन १२ गते तारा एयरकै विमान म्याग्दीमा दुर्घटनामा पर्यो जसमा २३ जनाले ज्यान गुमाए । यो एउटै रुटमा चलेका विमान दुर्घटनाको तथ्याङको हो । देशभर भएका विमान दुर्घटनाको रेकर्ड हेर्ने हो डर लाग्दो छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो ७६ वर्षमा ५३ वटाभन्दा बढी जहाज तथा हेलिकप्टर दुर्घटनामा परेका छन् ।यो अवधिमा नेपालमा भएका जहाज तथा हेलिकप्टर दुर्घटनामा ८५० जनाभन्दा बढीको मृत्यु भएको छ ।नेपालमा पहिलो पटक सन् १९४६ मे ७मा जहाज दुर्घटना भएको थियो । रोयल फोर्स एयरको जहाज दुर्घटना हुँदा मानविय क्षति भने भएको थिएन ।नेपालमा जहाज दुर्घटना हुँदा पहिलो पटक मानविय क्षति भने सन् १९५५ मा भयो,जतिबेला कालिंगा एयरको जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । त्यस यता वर्षेनी जस्तो लगातार विमान दुर्घटना भइरहेका छन् ।

२०६३ मा सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भयो । मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के लगाया थिए ।
त्यस्तै २०६९ सालमा काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मनोहरामा दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका सबै १९ जनाको मृत्युभयो । २०७४ साल फाल्गुनमा बाङ्ग्लादेशबाट नेपाल आएको यूएस–बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, हुँदा ५१ जनाको मृत्यु भयो ।

२०७५ साल माघमा एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भयो । त्यहीबर्ष २०७५ साल चैत्रमा सोलुखुम्बुाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा दुई प्रहरीसहित ३ जनाको मृत्यु भयो ।

नेपालमा आज सम्म भएका धेरै दुर्घटनालाई मौसम प्रतिकुतला भनेरै टार्ने गरिएको छ । उडानको समय जहाजमा देखिएको गडवढी र विमान चालकले सावधानी नअपनाउदा दुर्घटनामा परेको भनेर प्रतिवेदन सार्वजनिक गर्ने गरिएको छ । तर दुर्घटना पछि आउने प्रतिवेदनलाई कार्यान्वयनमा ध्यान दिइने गरेको छ न जहाजको स्तरीयतामा नै कसैको चासो छ । दुर्घटनाको दुई चार दिन हल्ला खल्ला हुने त्यसपछि प्रतिवेदनसंगै सामसुम हुने प्रवृत्ति रहेको छ ।