काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आइतबार अपरान्ह ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।
आइतबार बिहान भएको विमान दुर्घटना र सरकारलाई पूर्णता दिने लगायतका विषयमा प्रचण्ड र ओलीबीच छलफल भएको स्रोतले जनाएको छ ।
यसअघि शनिबार साँझ सम्पादकहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले आइतबार बेलुकीसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए । पोखरामा विमान दुर्घटना भएसँगै प्रचण्ड सबै कार्यक्रमहरु रद्ध भएको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया