Breaking

विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना


काठमाडौँ — पोखरा विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको जहाज दुर्घटनाम परेको छ।

यति एयरको एटीआर जहाज आइतबार बिहान पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटनालगत्तै अहिले सुरक्षाकर्मीको टोली पठाइसकिएको बताए । ‘उद्धारका लागि सुरक्षाकर्मीहरु एम्बुलेन्स र दमकलसहित पुगिसकेका छन्’ , उनले भने, ‘घटनास्थलबाट आगोको ठूलो मुस्लो देखिएको छ। विस्तृत विवरणबारे बुझ्दैछौँ ।’