Breaking

टुँडिखेलमा हुने माघी महोत्सवमा सहभागी हुँदै प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टुँडिखेलमा आयोजना हुने माघी महोत्सवमा सहभागी हुँदैछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार टुँडिखेलमा हुने थारु र मगर समुदायले मनाउने माघी महोत्सवमा जाने कार्यक्रम रहेको छ । दिउँसो १२ बजे थारु समुदायको माघी महोत्सव र १ बजे मगर समुदायको माघी महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् ।

सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । थारू समुदायमा प्राचीनकालदेखि नै मुखिया छान्ने परम्परालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिने गरिन्छ ।