Breaking

सभामुखमा माओवादीको साथ खोज्दै कांग्रेस, राष्ट्रपतिका लागि वातावरण बनाउने रणनीति


काठमाडौँ – माघ ५ गतेका लागि प्रतिनिधिसभाका लागि सभामुखको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनका दलहरुसँगै नेपाली कांग्रेसले पनि सभामुख आफ्नो पक्षमा पार्न पूर्वतयारी गरिरहेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएबाटै राष्ट्रपतिमा कांग्रेसले दावी गर्ने विश्लेषका वीच सभामुखमा समेत कांग्रेसले माओवादीको साथ खोजेको हो । जहाँ एमालेका नेताहरु भने सभामुख आफ्नै भागमा पर्ने आकंलन सहित दौडधुप बढाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएसंगै कांग्रेसले राष्ट्रपतिमा दावी गर्ने विश्लेषणका वीच सभामुख र उपसभामुखको निर्वाचनमै माओवादीको साथ माग्ने रणनीति लिएको छ । यसैका तयारी स्वरुप सभापति शेरबहादुर देउवाले बिहीबार पार्टीका पदाधिकारी हरूसँग छलफल गरेर सभामुख र उपसभामुखको निर्वाचनका विषयमा अन्य दलसँग छलफल गर्ने अधिकार लिएका छन् ।

यता राष्ट्रिय सहमतको सरकारको संकेत गर्दै आएका प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रपतिको भन्दा अघि हुने सभामुखको निर्वाचनमा एमालेलाई नै समेट्ने तयारीमा छन भने सत्ता भागबण्डाअनुरूप एमाले र माओवादी केन्द्रबीच आलोपालोमा सभामुख बन्ने भएको भद्र सहमतिले पनि यसलाई पुष्टि गरेको छ । यहिवीचमा कांग्रेसका नेता शेखर कोइरालाले समेत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर आफूहरूले सरकारलाई विश्वासको मत दिएको बताएका छन् । देशभरका सबै सांसदहरूले मत हाल्न पाउने अधिकार भएकाले आफूले यो आशा गरेको उनको भनाईका वीच संस्थापन पक्षका नेताहरुले भने सभामुख र उपसभामुख निर्वाचनलाई लिएर विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गर्दै छ । शुक्रबारको पदाधिकारी वैठकमै यस विषयमा अनौपचारिक छलफल रेका उनीहरु सत्ता पक्षमा रहेका नेकपा एमालेबाहेक सबै दलसँग छलफल गर्ने रणनीति मा छन ।

कांग्रेसकै दुई पक्षको यो परस्पर वाझ्ने अभिव्यक्तिले सभामुख र उपसभामुख बारे कांग्रेसले लिएको रणनिति टार्गेटमा रहेको राष्ट्रपतिको लागि तूरुप मात्र भएको प्रष्ट छ । यसको अर्थ माओवादी केन्द्रले सभामुखमा असहयोग गरे पनि राष्ट्रपति निर्वाचनका लागि सहकार्यको वातावरण बनाउन देउवाले छन । यसले अव सभामुख एमालेको हातमा पुग्ने प्रष्ट छ भने यहि कारण एमालेबाट आकंक्षी देखिएका नेताहरुले आफ्नो दौडधुप बढाएका छन् । यो दौडमा अहिले देवराज घिमिरेसँगै छविलाल विश्वकर्मा र पृथ्वी सुब्बा गुरुङ देखिएका हुन् । सुवासचन्द्र नेम्बाङले खासै चासो नदेखाँउददा विद्या भट्टराई, रघुजी पन्त, रघुवीर महासेठ पनि सभामुखको मुख्य आकांक्षी हुन् । तर सभामुखको उम्मेद्वार छान्ने जिम्मा अध्यक्षको ओलीको भएको तथा प्रत्यक्ष निर्वाचितलाई अघि सार्ने रणनितिले गुरुङ, श्रेष्ठ र विश्वकर्मामध्ये कोही एकलाई अगाडि सार्ने सम्भावना अधिक रहेको छ ।

यद्यपी यस वारे अहिले निर्णय भईनसके छैन भने उल्लेखित मध्ये पनि प्रचण्ड ओलीलाई एक ठाँउमा ल्याउन भूमिका खेलेका नेता गुरुङको सम्भावना वढि छ । यसअघि कांग्रेसले सभामुखको निर्वाचन माघ ९ गते गर्न प्रस्ताव राखे पनि एमालेको दबाबका कारण माघ ५ गते निर्वाचन गर्न लागिएको हो । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर नयाँ गठबन्धन भत्काउने खेल खेलेको थाहा पाएदेखि नयाँ गठबन्धनसँग सशंकित बन्दै आएको एमालेले त अझ यो भन्दा अघि नै मिति घोषणा हुनुपर्ने पक्षमा थियो । तर आफैले सभामुखको उमेदवारको टुंगो आफैले नलागेका कारण माघ ५ गतेलाई प्रस्ताव गरेको एमाले अहिले भने सभामुखको निर्वाचनसम्म गठबन्धन नभत्कने विश्वासमा पुगेको छ ।