देश

राजश्व संकलन कार्यालय, बैंक र क्लियरिङ आज शनिबार पनि खुल्ला


काठमाडौँ— अर्थमन्त्रालयको निर्देशनपछि आज सबै कर तथा राजश्व कार्यालय, राजश्व संकलन गर्ने बैंक र भुक्तानी क्लियरिङको काम गर्ने कार्यालयहरु समेत खुल्ला भएका छन् ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अन्तिम दिन भएकोले राजश्व तथा कर संकलनमा सहजता होस् भन्ने उद्देश्यले अर्थमन्त्रालयको निर्देशनपछि सोसँग सम्बन्धित काम गर्ने बैंक तथा कार्यालयहरु खुल्ला भएका हुन् । यसकारण हिजो राजश्व तथा कर, बैंकिङ तथा क्लियरिङको काम गर्न नपाएकाहरुले आज९शनिवार० पनि दिनभर सो अवसर पाउनेछन् ।

आयकर ऐन २०५८ को दफा ९४ को उपदफा९१० बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरण र सो विवरणअनुसार तिर्नुपर्ने वार्षिक आयकर रकमको पहिलो किस्ता बापतको चालीस प्रतिशतले हुने रकम २०७९ पुस महिनाभित्र दाखिला गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

सोही प्रयोजनका लागि आज सार्वजनिक विदा भए पनि ठूला करदाता, मध्यमस्तरीय करदाता, आन्तरिक राजश्व तथा करदाता सेवा कार्यालयहरु तथा राजश्व संकलन गर्ने बैंक शाखा एवम् काउण्टर खुल्ला रहेका छन् भने भुक्तानी क्लियरिङको काम समेत सुचारु हुनेछ ।