खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफको विजयी सुरुआत


काठमाडौँ— सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रधानमन्त्री कप महिला टी(२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सुनसरीमा जारी प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशको टिमलाई सात विकेटले पराजित गरेको हो ।

५२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपीएफले ८।४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । एपीएफको जितमा कप्तान सीता राना मगरले अविजित १९ रन बनाउँदा रोमा थापाले अविजित १४ रन बनाइन् ।

त्यस्तै, ओपनर ब्याटर ज्योति पाण्डेले आठ रन बनाइन् । बलिङतर्फ तीनै विकेट कप्तान सृष्टि जैसीले लिइन् ।

यसअघि इटहरीको जनता पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ५१ रन बनाएको थियो । गण्डकीका लागि एक ब्याटरले मात्रै दोहोरो अंक बनाउन सकिन् ।

कप्तान सृष्टि जैसीले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । सुजाता थापा र कुसुम गोदारले समान ७(७ रन बनाउँदा निरुता जिटीले पाँच रन बनाइन् । बलिङतर्फ एपीएफकी सुमन विष्टले तीन विकेट लिइन् ।

हिजो शुक्रबारदेखि सुरु प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ ७ गतेसम्म सञ्चालन हुनेछ । पहिलो खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३३ रनले पराजित गरेको थियो ।