देश

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल


काठमाडौँ— मन्त्रिपरिषद् विस्तारसहितको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालसहित मन्त्रिपरिषद्का ८ सदस्यले पुस ११ गते शपथ ग्रहण गरेका थिए । ६ दलीय सत्ता गठबन्धनमा विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको थियो ।

प्रधानमन्त्री दाहालले मंगलबार विश्वासको मत प्राप्त गरेपनि मन्त्रालय बाँडफाँटको विषयमा एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिदषद् विस्तार हुन सकेको छैन ।