देश

पशुपतिको जङ्गलमा शव फेला


काठमाडौँ— काठमाडौँ पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ ।

किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेका छन् । शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।

पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी कोइरालाले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।