देश

१ नम्बर प्रदेशसभा उपसभामुखको निर्वाचन आज


काठमाडौँ— १ नम्बर प्रदेश सभाको उपसभामुखको निर्वाचन आज हुँदैछ ।

प्रदेश सभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा एमालेकी सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

प्रदेश सभाको आज बिहान ११ बजे बस्ने वैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्नेछ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९ नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन् ।