देश

घट्यो काठमाडौंको तापक्रम


काठमाडौँ— काठमाडौँ उपत्यकाको तापक्रम घटेको छ। शुक्रबार भन्दा तापक्रम ०।३ डिग्री सेल्सियसले घटेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार शनिबार विहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा घटेको छ।

शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४।३ डिग्री मापन गरिएको थियो। हुन त यसअघि नै काठमाडौंको तापक्रम ३ डिग्रीको आसपास झरिसकेको छ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने छ ।

आज दिउँसो कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।