Breaking

आजको मौसम


काठमाडौँ— हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा सामान्यतया सफा रहेको छ ।

तराईका थोरै भू भागहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ । दिउँसो कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका थोरै भू भागहरूमा हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।