Breaking

सी चिनफिङको कार्यकालसँगै चीनको विदेश नीतिमाआयो परिर्वतन, सम्बन्ध सुधारको प्रयास


काठमाडौँ — चीनमा कोभिडको कहर कायमै छ । यही अस्तव्यस्ताको माझमा राष्ट्रपति सी चिनफिङले विदेश तथाआर्थिक नीतिमाभने आधारभूत परिवर्तन ल्याएका छन् । कोभिडका कारण अस्तव्यस्त रहेको चीनमाराष्ट्रपति सी चिनफिङको तेस्रो कार्यकालसँगै आधारभूत परिवर्तन देखिएको छ ।चिनियाँअधिकारीहरु तथा सरकारी सल्लाहकारहरुकाअनुसार बेइजिङले पछिल्लो समय अर्थतन्त्रउकास्ने उदेश्यले थुप्रै नयाँनीतिहरु अवलम्बन गरेको छ ।

आर्थिक, सामाजिक र विदेशनीतिसम्बन्धीदबाब चरम विन्दुमापुगेका कारण विदेशीतथाआर्थिक नीतिमा परिवर्तन आएको छ । आर्थिक हिसाबले यतिबेलाचीनको मुख्यलक्ष्यभनेको करोडौँ ग्रामीण कामदारको जीवनस्तर उकास्नु, कमजोर हुँदै गएको घरजग्गाबजारलाई स्थिर पार्नु र स्थानीय सरकारहरुको वित्तीयअवस्था सुधार्नु रहेको छ । कूटनीतिक हिसाबले चीनको मुख्यउदेश्य भनेको पश्चिमामुलुकसँगको सम्बन्ध सुधारगर्नेहो । गएका केहीवर्षमा बेइजिङ एक्लिएको छ ।बेइजिङको मुख्यध्यान युरोपसँगको सम्बन्धमारहेको छ । जुन सम्बन्धचीनले रुसलाई गरेको समर्थनका कारण नराम्ररी बिग्रेको हामीमाझ प्रस्टै छ ।

त्यस्तै ताइवानसँगको बढ्दो तनावले चीनमाथिविश्वको ध्यानयतिबेला केन्द्रित छ। गतमहिना सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्विपक्षीय सम्बन्धगहिरो पार्ने बाचासमेत गरेका छन् । चिनियाँअधिकारीकाअनुसार रुस युक्रेनमाविजयीहुननसकी एउटा कमजोर शक्तिका रुपमा स्थापितहुने र उसको आर्थिक तथा कूटनीतिक हैसियतविश्वसामु खुम्चिने सम्भावनाचीनले देखेको छ । चीनपश्चिमाहरुसँगको दुश्मनीकमगर्न चाहन्छ । गतमहिना पुटिनसँगको भेटपछि सीले आफू शान्तिको पक्षधर रहेको बताएकाथिए । नोभेम्बरमाजर्मन चान्सलर ओलाफ सोल्ज र युरोपेली परिषदकाअध्यक्षचार्ल्स माइकलले बेइजिङ भ्रमण गरे ।

यो वर्ष फ्रान्सेली राष्ट्रपति इम्यानुएलम्याक्रोँ र इटालीका प्रधानमन्त्रीजर्जिया मेलोनीले पनिचीन भ्रमण गर्ने छन्। म्याक्रोँले पनि सोल्जले जस्तै चीनसँगआर्थिक सम्बन्धविच्छेदको विरोध गर्ने अपेक्षागरिएको छ । सोल्जले बेइजिङ भ्रमणमा चीनसँगको निर्भरता घटाउने कुरा पनि गरे। तर, उनले आर्थिक सम्बन्धविच्छेदलाई खारेज गर्दै चीनलाई आफूहरुले महत्वपूर्ण आर्थिक तथाव्यापारिक साझेदार मानेको बताएकाथिए । त्यस्तै विरोधीहरूको खरो आलोचनागर्ने ‘उल्फवारियर’ शैलीकालागिचिनिएकाचिनियाँविदेश मन्त्रालयकापूर्व प्रवक्ताजाउलिजिएनलाई चीनले सरुवा गरेको छ ।

उनको अनपेक्षित सरुवाको कारणभने प्रस्ट हुन सकेको छैन । तीनवर्ष विदेश मन्त्रालयको प्रवक्ता रहेका जाउआफ्ना ट्विटका कारण बारम्बार विवादमाआएकाथिए । सन् २०२० माजाओले कोभिड निम्त्याउने कोरोनाभाइरस अमेरिकी सैनिकले बनाएर चीनमा छोडिदिएको दाबी गरेका थिए । त्यहीवर्ष उनले एउटा तोडमोड गरिएको तस्बिर सामाजिक सञ्जालमा राखे जसमा अस्ट्रेलियाका सैनिकले अफगानबच्चालाई मारेको गलतजानकारी देखाइएको थियो । उनले राखेको उक्ततस्बिरले ठूलो कूटनीतिक आक्रोश निम्त्याएको थियो ।

अमेरिकाकालागिपूर्व चिनियाँ राजदूत रहेका चीनगाङ चीनको नयाँविदेश मन्त्री बने लगत्तै जाओको सरुवाभएको हो । कतिपयपर्यवेक्षकहरूले जाउको सरुवालाई चिनियाँ कूटनीतिलाई लडाकू शैलीबाट अलगगर्ने कदमको रूपमा हेरेका छन्।