Breaking

चर्चा स्ववियु चुनावको, तयारीमा जुटे विद्यार्थी संगठनहरु,चुनाव हुनेमा आशंका कायमै


काठमाडौँ — पटक पटक स्थगितहुँदै आएको स्ववियु निर्वाचनआगामी चैत्र पाँचगतेका लागितय भएको छ । राजनीतिकदलकाविद्यार्थी संगठनहरु स्ववियु चुनावकोतयारीमा जुटेका छन । यद्दपीतोकिएको मितिमानिर्वाचनहुनेमाआशंकाभने कायमै छ । पञ्चायत ढाल्ने सवालमाहोस् या २०६२/६३ को जनआन्दोलनमा, आमजनजीविका र राष्ट्रियताको मुद्धामा विद्यार्थी संगठनहरुको भूमिकातत्कालिन समयमाविशेष अर्थ राख्थ्यो । विश्वविद्यालयतथाआँगिकक्याम्पसहरुमा रहेका स्वतन्त्रविद्यार्थीयुनियन स्ववियु शैक्षिक क्षेत्र सुधार र विद्यार्थीहरुको हकहितकालागि संघर्ष गर्ने महत्वपूर्ण संस्थाहो ।

स्ववियु राजनीतिकअभ्यासको अब्बल संस्थापनिहो । अहिले पनि राजनीतिकको महत्वपूर्ण खुडकिलो स्ववियु हो । भर्खरै सम्पन्न चुनावबाटै धेरै विद्यार्थी नेताहरु सांसद भएका छन । पार्टीको केन्द्रियतहमापुगेका छन ।तर स्ववियुभने झन्डै डेढ दशकदेखि लथालिङ अवस्थामा छ । यहि फेरीफेरीमा१४ वर्षदेखि नियमित रुपमाहुननसकेको स्ववियु निर्वाचनआगामी चैत्र ५ गतेहुने पक्काभएको छ । त्रिवि रजिस्ट्रारको कार्यालय क्याम्पसहरुलाई स्ववियु निर्वाचनको पूर्वतयारीमा जुट्न निर्देशन नैदिएको छ । पटक पटकविथोलिँदै आएको स्ववियु निर्वाचन यो पटक होला त ? संशय कायम छ ।

यताविद्यार्थी संगठनहरुले भने तयारी नै थालिसकेका छन । स्ववियुनिर्वाचन जसरी पनिहुने विद्यार्थी नेताहरुको दावी छ । विद्यार्थीको हकहितभन्दा विशुद्ध पार्टीको भातृसँगठनमै सीमितभएकाविद्यार्थी संगठनहरुलाई स्ववियु चुनावले छोई सकेको छ । अहिलेको अवस्थामा स्ववियुको चुनावको विकल्पनभएको नेताहरुको दावी छ । पछिल्लो समय क्रमश राजनीतिकपविर्तनसँगै पछिल्लो समय स्ववियु केवल अराजकजत्थाका रुपमा परिचित छ ।

स्ववियुले शैक्षिक सुधार,विद्यार्थीको हकहितमाभन्दानियुक्तीमा भागवण्डा खोज्ने ,विश्व–विद्यालयमातालाबन्दीलगाउने,आफ्नो मातृ पार्टीले गरेको गल्ती ढाकछोप गर्ने, खुलेआम नेतृत्वको चाकडी गर्ने, राजनीतिक स्वार्थमा प्रेरित गतिविधिका कारण संस्थाको बदनाममात्र गराएका छन् ।विद्यार्थी नेताहरुको राजनीतिकदाउपेचकै कारण विश्वविद्यालयतथाकलेजहरुमा रहेका स्ववियु संगठन अहिले अराजकअखडामा मात्रसीमित छ । स्ववियु निर्वाचन र स्ववियु सम्वद्ध निकायहरुले यो परिचयचिर्दै स्ववियु खारेजीको आवज वुलन्द्ध बन्दै गर्दै यसको औचित्य पुष्टि समेत गर्न जरुरी छ ।