Breaking

संकटमा गठबन्धनको सहमति, भागबण्डामै किचलो, ओली–प्रचण्ड दाउपेचले सकसमा रवि–राजेन्द्र,को–को मन्त्री ?


काठमाडौँ — विश्वासको मत पाइसक्दा पनि प्रधानमन्त्री प्रचण्डले सरकार विस्तारमा ढीलाई गरिरहेका छन् । गठबन्धनका दलहरुबीच भागबण्डाकै विषयमा सहमति नहुँदा सरकार विस्तार लगायतका विषय अझै लम्बिने संकेत मिलेको छ । विश्वासमै अविश्वासको गन्ध आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिला विश्वासको मत पाएरमात्रै सरकार विस्तारको तयारीमा थिए ।

तर प्रचण्ड बहुमतसहित संसदको विश्वास जितिसक्दा पनि प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार त परकै कुरा, भएकै मन्त्रीलाई समेत कामविहिन बनाएका छन् । यसमा गठबन्धनबीचको भागबण्डा नै प्रमुख बाधक बनेको छ ।किनकि एमाले नेतृत्वको गठबन्धनमा कसलाई कति दिएरकता बस्ने भन्नेमै रस्साकस्सी चलिरहेको छ ।

बालुवाटार र बालकोटलाई दैनिकी बनाएर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सहमतिका लागि गृहकार्यमा छन् । बुधबार र बिहिबार उनीहरुबीच यसै विषयमा छलफल भएपनि सफल भएका छैनन् । पहिले आफुबीचमै सहमति खोज्ने तयारीमा रहेका उनीहरु त्यसपछि साना दललाई साइजमा ल्याएर भागबण्डा गर्ने तयारीमा छन् । त्यसो त गठबन्धनभित्र आवद्ध हुन चाहेको लोसपा र प्रधानमन्त्रीलाई यसअघि नै समर्थन दिएको जसपा जस्ता दलको भागबण्डा मिलाउन पनि ओली–प्रचण्डलाई सकस परेको छ ।

मन्त्रीपरिषद् विस्तारमा व्यक्तिको क्षमता अनुसार जिम्मेवारी दिने भन्ने विषयले दलहरुबीच झनै विभाजन ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, कानुन, शिक्षा र खेलकुद जस्ता मन्त्रालय हत्याउने तयारीमा रहेका बेला राप्रपा उपप्रधानसहित चारमन्त्रालयको दाबी गरिरहेको छ । सात मन्त्रालयमा खुम्चिन अवस्थामा रहेको एमाले राजेन्द्र र रविको भाग खोसेर आफ्नो बढाउने तयारीमा छन् ।

अर्काेतर्फ विश्वासको मतमै संकट परेपछि प्रधानमन्त्री प्रचण्ड प्रदेशको भागबण्डामैखुम्चिएका छन् । यसको लागि उनी केन्द्रको संख्या बढाएर नेताहरुको व्यवस्थापन गर्ने तयारीमा छन् । पार्टीभित्र प्रधानमन्त्री पाए केही नपाउने हो ?भन्ने चर्काे दबाब झेलिरहेका उनलाई अब प्रमुख मन्त्रालय हत्याउनै पर्ने बाध्यकारी अवस्था छ । तथापी उनी सरकारलाई प्रभावकारी बनाउने गरि भागबण्डा र मन्त्री छनोटको तयारीमा छन् ।

प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराँती र महिन्दराय यादव मन्त्री बन्ने सहमति बनेको छ । नेकपा एमालेका अध्यक्ष ओली पनि गोजीमै मन्त्रीको नाम बोकेर प्रचण्डसँग भागबण्डा मिलाइरहेका छन् । तर साना पार्टीको व्यवस्थापन गर्दै मन्त्रिमण्डललाई पूर्णता दिनै सकस परेका बेला माघ ५ मै बस्ने संसदमासभामुख चयनको प्रक्रिया आरम्भ गर्दैछ । त्यसलगत्तै राष्ट्रपति चयनको विषयमा संसद अघि बढ्ने छ । तर गठबन्धनभित्र मन्त्री चयनदेखि सभामुख र राष्ट्रपतिको विषय पनि पेचिलो बन्दै गएको छ ।