Breaking

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मागे प्रशासनसँग पिएसओ


काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै शाहले सुरक्षाकर्मी माग गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । शान्ति सुरक्षा महाशाखाले निवेदन उपर जाँचबुझ गरी आवश्यक ठहर भएमा सुरक्षाकर्मी पठाउने उपाध्यायको भनाइ छ।