देश

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


काठमाडौँ— प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन् ।

प्रदेशसभा सचिवालयले मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बोजिम प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तथा निर्णयार्थ प्रस्तुत हुने कार्यसूची सार्वजनिक गरिसकेको छ ।

मुख्यमन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी नेकपा९एकीकृत समाजवादी० सँग विश्वासको मत दिन पत्रमार्फत आग्रह गरेका छन् ।

कांग्रेसका नेता उद्धव थापाले विश्वासको मत कांग्रेसले दिँदैन तर त्यसको औपचारिक निणर्य आज बिहान ११ बजे बस्ने दलको बैठकले गर्ने बताएका छन् ।