देश

घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै


काठमाडौँ— गत निर्वाचनमा नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।

नयाँ वानेश्वरस्थित अर्याल होटलमा एक कार्यक्रमकाबीच भूसाल एकीकृत समाजवादी प्रवेश गर्न लागेका हुन् ।

उनले मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर – १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । भूसाललाई तत्कालीन नेपाली काँग्रेस माओवादी लगायतको सत्ता गठबन्नको साथ थियो ।

तर उनी एमालेकै उम्मेदवारसँग पराजित भएका थिए ।

नेकपा एकीकृत समाजवादीमा उनलाई कुन पद दिने भन्नेबारे प्रष्ट भइसकेको छैन । तरपनि भूसाललाई हासचिव वा उपाध्यक्ष दिइने चर्चा छ ।

भूसाल एमाले विभाजन अघि माधव नेपाल निकटकै नेता थिए । तर एमाले विभाजनका क्रममा उनले नेपाललाई साथ दिएका थिएनन् ।