देश

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्ने


काठमाडौँ— उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार मन्त्री पौडेलले ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।

आइतबार साँझ नेपाली समय ५ बजेपछि भर्चअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरू डा उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्तलगायत एक दर्जन सांसदसहित करिब डेढ दर्जन वक्ताले सम्बोधन गर्ने भएका छन् ।