देश

आज राष्ट्रिय भाक्का दिवस


काठमाडौँ— हरेक वर्ष पुस २९ गते राष्ट्रिय भाक्का दिवस मनाईन्छ । पूर्वी तराईका आदिवासीहरुले स्थानीय उत्पादन प्रवद्र्धन तथा मौलिक खाजा भक्काको संरक्षणका लागि हरेक वर्ष भाक्का दिवस मनाउँदै आएका हुन् ।

भाक्का कोच राजवंशी समुदायको खाजामा लोकप्रिय हिउँदे भाक्का चामलको पिठोबाट तयार गरिने परिकार हो । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिमा यो खाजा लोकप्रिय बन्दै गएको छ ।

शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ । पीठोको चामलमा कुनै बस्तु मिसाउट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भाक्का पूर्ण अर्गानिक र स्वास्थ्यकर खाजा हुने बताइन्छ ।

केही वर्ष अघिसम्म कोच राजवंशी समुदायले बनाउने र रुचाउने भक्का पछिल्लो समय धेरैको रोजाइमा पर्दै गएको छ। भक्काको उत्पादन र उपभोगमा वृद्धि हुँदै गएपछि झापामा राष्ट्रिय भक्का दिवस नै मनाउन थालिएको छ।

यो दिवसमा विभिन्न जातिय भेषभूषा लोक सांस्कृतिक बाजाहरू र पहिरनका साथ मनाईन्छ ।