Breaking

प्रचण्ड ओली गुहार्दै मुख्यमन्त्री, भागबन्डाकै सकस,मन्त्री बन्नेकै लर्को, गञ्जागोलमा नै फस्यो प्रदेश


काठमाडौँ — सत्तारूढ राजनीतिकदलकाशीर्ष नेताहरूबीचभएको सहमतिअनुसार सातै प्रदेशले नयाँमुख्यमन्त्रीपाइसकेका छन्। पहिलो पाँचवर्ष उपलब्धीमुलकनभएको आक्रोश व्यवस्थापनगर्नु र प्रदेशको आवश्यकता पुष्टि गर्नु नयाँप्रदेश मुख्यमन्त्रीकालागिचुनौतीदेखिन्छ । सत्तारूढ राजनीतिकदलकाशीर्ष नेताहरूबीचभएको सहमतिअनुसार सातै प्रदेशले नयाँमुख्यमन्त्रीपाइसकेका छन्। गठबन्धन दलबीचभएको भागबण्डाअनुसार एमालेले ४, माओवादीले २ र जसपाले १ प्रदेशमा नेतृत्वगर्ने मौका पाएको हो ।

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममाएमाले, वाग्मती र कर्णालीमामाओवादी केन्द्र र मधेस प्रदेशमाजनता समाजवादी पार्टीको नेतृत्वमा सरकार गठन भएको छ । ५ वर्षसम्मपनिआफ्नो अस्तित्वकायमगर्न नसकेको प्रदेश मुख्यमन्त्रीलाई यस पटक पनिचुनौती नै चुनौतीहुने देखिन्छ । स्थायित्वको सरकार बनाउने भन्दै चुनावमाहोमिएकादलहरुलाई यस पटक पनिआलोपालो सरकार चलाउनु पर्ने अवस्था छ । देख्ता सहमतिमा नै सरकार गठन हुने देखिएपनि मन्त्रिमण्डल विस्तारमा नै ठूलो चुनौती छ ।

आफुले तोकेको मन्त्रालयनपाए मन्त्रिमण्डलमा नै नजाने कुरा बाहिरीरहँदाप्रदेशकामुख्यमन्त्रीहरु प्रधानमन्त्रीको ढोका ढक्ढकाउन पुगिरहेका छन् । बुधबार मात्रै गण्डकीका मुख्यमन्त्री खगराजअधिकारी प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलाई भेट्न पुगे भने बिहीबार पनिबाग्मतीमामुख्यमन्त्रीशालिकरामजमकट्टेल बालुवाटार पुगे । नयाँजनमतपाएर आएकामुख्यमन्त्रीहरु पनि केन्द्रकै मुखताक्नुपर्ने अवस्थामा छन् ।

मुख्यमन्त्रीचयनमा अगाडी देखिएको प्रदेश १ ले ४ जनामुख्यमन्त्रीपाइसक्दापनिनाम राख्ने सवालमाअसक्षम छ । प्रदेश १ कै कुरा गर्ने हो भने एमालेको मुख्यमन्त्रीभएकै कारण माओवादी सरकारमागएको छैन । त्यस्तै कमै प्रदेशका नेतामध्ये प्रदेशमा नै फलिफापभएका नेताशालिकरामजमकट्टेल मन्त्री कै गाडी चढेर हेटौडा पुगिमुख्यमन्त्रीको गाढी चढेर फर्किए । जमकट्टेलले फर्किनासाथ बालुवाटरमाआफ्नै नेताप्रधानमन्त्री प्रचण्डलाई चुनैतीमात्रै सुनाएनन् सहजीकरणलका लागि सहयोग नै मागे । त्यसो त आफ्नै पार्टीका नेताप्रधानमन्त्रीभएकाउनलाई केही सहजहुन सक्छ ।

तर, हिजो सत्तापक्ष र प्रतिपाक्षीहुँदा सदनमाउनले उठाएका प्रश्नहरु उनीमाथि तेर्सिने छन् । गण्डकीका मुख्यमन्त्रीबन्न सफलभएकापूर्व गृहमन्त्री खगराजअधिकारीको चुनौतीपनिकम छैन । केन्द्रको शिकार बन्दै आएको मुख्यमन्त्री पद ५ वर्षका लागिअधिकारी सुरक्षित देखिएतापनि राष्ट्रिय राजनीतिमाआएको उलटफेरले मिनेटमा नै उनको कुर्सी गिर्न सक्ने अवस्थामाहुँदात्यसलाई बचाइराख्नु पर्ने छ ।

खस्किदो प्रदेश संरचनामाजितेर आएपनिप्रदेशलाई जनताले खास्सै रुचाएका छैनन् । जनतासँगप्रत्यक्ष सरोकार राख्ने विषयप्रदेशले सम्बोधनगर्न नसकिरहेको र सबै कुरा केन्द्रकै भर पर्नु पर्ने हुँदामुख्यमन्त्रीलाई भन्दाकुनै पालिकाका मेयरलाई बढी महत्वका साथ हेरिन्छ । फलतः यसअघि आमनागरिमाआफ्नो उपस्थिति देखाउननसकेको प्रदेशले आफैलाई प्रमाणित गर्नु पर्ने छ ।

मुख्यमन्त्री देखि सभामुखसम्म सबैको भागवण्डा केन्द्रले नै गरिदिएको छ । नियुक्तभएका सबै मुख्यमन्त्रीहरुले सम्भवत यसैसाताभित्रविश्वासको मतलिने छन् । संघले कामगर्न दिएनभनेर भनिरहँदा हस्तक्षेपका लागि केन्द्रलाई गुहागर्ने प्रदेशले आफ्नै स्वयत्त ढंगले कामगर्न सकिरहेको छैन । यस्तो अवस्थामाप्रदेशको अस्तित्वजोगाउने हो भने अहिले चलिरहेको भन्दा फरक ढंगले चल्नु पर्नेछ ।

गएको कार्याकालमा हेर्ने हो भने राजनीतिमाआफूलाई प्रमाणित गरिसकेका नेताहरु मुख्यमन्त्रीभएका छन् । शेरधन राई, भीमआचार्य, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल जस्ता होनहार मुख्यमन्त्रीकोकार्यकालमा संघियताको अभ्यास केन्द्रले राम्रोसँग गर्न दिएन। पाँचवर्ष बितिसक्दापनिप्रदेशले आफ्नो क्षमता देखाउननसकेको अवस्थामाआशाविहीनभएको प्रदेशमाआशलाग्दो मुख्यमन्त्रीआउननसक्नु र आएकापनि केन्द्रकै हस्तक्षेप सहनु पर्ने अवस्था ले आशाजगाउन सकेको छैन । जसका कारण विगतकामुख्यमन्त्रीको झै यस पटकका मुख्यमन्त्रीपनिकार्यकालजोगाउनेभन्दामाथि उठ्ने सम्भावनाज्यादै न्यून देखिन्छ ।