Breaking

रविको छबि जोखिममा, हत्या आरोपी सांसद बचाउन किन चुप ? एकसाथ चर्चा र विरोध, स्टन्टमा मन्त्री


काठमाडौँ — पार्टी स्थापनाको ६ महिनामै चुनावमा गएर गृहमन्त्रीसम्मको यात्रा तय गरेका रवि लामिछाने एकसाथ चर्चा र विवादमा छन् । सरकारमा गएपछि गरेका हरेक गतिविधिलाई जनताले नोटिसमा लिएका छन् । तर चर्चाको भोकले कार्यसम्पादनमै असर गर्ला कि ? भन्ने डरसमेत बढेको छ । गृहमन्त्री रवि लामिछानेका विषयमा के चर्चा हुँदैन ?श्रीमतीको जन्मदिनमा केक काट्दा पनि चर्चा भएकै छ । मन्त्रालयमा आपतकालिन ढोका बनाउँदा पनि चर्चा भएकै हुन्छ ।

कहिले पिर्का हटाएर, कहिले पिर्कामाथि नै चढेर खाएको सलामी पनि चर्चाकै विषय बनेको छ ।रविमा चर्चाको भोग छ, वा रविलाई चर्चामा ल्याउने भूत चढेको छ, अहिलेचर्चाभन्दा धेरै यीनै विषयमा विवाद भइरहेको छ । झन, विमानस्थलभित्रको बसमा उभिएर सवारी गरेको चर्चालेचर्तित हुन नपाउँदै स्टन्ट नै बढी भयो भन्नेहरुले विरोध सुरु गरेका छन् ।

रवि काठमाडौंबाट चितवन जाँदैथिए । विमानस्थलभित्रसम्मै झण्डावाल गाडीहल्लाएर जहाज चढ्ने परम्परा तोड्दै सामान्य ढंगले अन्य यात्रुहरुसँगै उभिएर सवारी गर्ने संस्कार देखाए ।रविको यो कुरा उनका सचिवालय संयोजक दीपक बोहराले सामाजिक सञ्जालमा पोस्ट्याई हाले । अनि सुरु भयो सामाजिक सञ्जालमा रडाको । छेउमा खाली सिट हुँदा पनि किन उभिएको ? के स्टन्ट देखाउन हो ? अहिले रविमाथि यस्तै आरोप लागिरहेको छ ।कतिले संसदमै सहभागि हत्या आरोपी सांसदलक्ष्मी महतो कोइरीलाई नदेख्नेले कसरी अगाडीको खाली सिट देख्नुभन्दै उनले स्टन्टनै गरेको प्रमाणित गर्न खोजेका छन् ।

किनकि प्रहरीको फरार सूचीमारहेका एमाले सांसद कोइरी रविसँगै संसद्मा हुँदा पनि रवि चुपचाप छन् ।जबकि संसदमा पहिलोपटक बोलेका उनले कुनै पनि अपराधीको संरक्षण मान्य नहुने हुँकार लगाएका थिए ।तर अहिलेसम्म प्रहरीलाई निर्देशन दिएर पक्राउ गर्ने ताकत देखाएका छैनन् । यसले गृहमन्त्री रविको गृह यात्रा आफ्नै मुद्धालाई मात्र सहज बनाउनभएको हो कि भन्ने चिन्ता आम रुपमा उठेको छ ।

तथापी गृहमन्त्री रवि लामिछानेको सत्ता सुरुवात र भविष्यको संकेत राम्रो देखिएको छ ।आफ्नै मन्त्रालयको कार्यक्षेत्र विर्सेर भएपनि मन्त्री भएकै दिनदेखि रविले देखाएको अग्रसरतालाई आशावादी नजरमा हेरिएको छ । आफ्नै सुरक्षाका लागि सडकमा साइरन बजाएर हिड्ने पछुवा गाडी हटाएर रविले परिवर्तनको सुरुवात गरेका छन् ।पूर्वहरुको सुरक्षामा जथाभावी खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएर रविले तारिफयोग्य काम पनि गरेका छन् ।

मन्त्री भएपछि जनताकै बीचमा पुगेर समस्या बुझ्नुपर्छ भन्दै राहदानीको लाइनमा पुगेपछि अन्यमन्त्रीले समेत त्यसको सिको गरेका छन् । तर रविले राहदानी विभागको लाइन हटाउन खोज्नु र भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालयको सेवा सजिलो बनाउन खोज्नु एउटै भएको छ । अनुगमन भएको छ, सुधार कुनैमा देखिएको छैन । जबकि उनीहरुले दिएका निर्देशनलाई हेर्दा समस्या छु मन्तर हुने लख काटिएको थियो ।

जनताले काम खोजेका छन्, स्टन्ट होइन । तर कुनैबेला प्रेम आले र रामकुमारी झाँक्रीले मच्चाएको उदण्ड जस्तै चर्चा भोगमै लठ्ठिएर रविले वितण्डा मच्चाउँछन् कि भन्ने डर उनका शुभचिन्तकलाई छ ।रविको यो तरिकाले अन्यमन्त्रीमा समेत अधिक प्रचारमोहको प्रवृत्ति पल्केला भन्ने डर पनि छ ।

आफ्नै रवि लामिछाने फाउण्डेशनको ऋण तिर्न सरकारबाट ४ करोड छुट्टयाएको समाचारले ‘जुन जोगि आएनी यस्तै त रहेछ’ भन्ने मनोभाव देखिन थालेको छ । तथापी रविका स्टन्टहरु पचाउन सक्ने ताकत नेपाली समाजसँग छ । तर स्टन्टसँगै काम पनि देखाईदिए रविको छबिको लागि राम्रै हुन्थ्यो ।