Breaking

माघे संक्रान्ति लागेसँगै तरुल र चाकुको व्यापार फस्टायो


काठमाडौँ — माघे संक्रान्तिपर्व नजिकिएसँगै बजारमातरुल र चाकुको व्यापार फस्टाएको छ । यतिबेला टोखाकाचाकु उद्योग र कालीमाटी तरकारी तथाफलफूलबजारमाव्यापारीहरुको भीड लाग्ने गरेको छ । माघे संक्रान्तिपर्व नजिकिएसँगै यतिवेलाकालीमाटी तरकारी तथाफलफूलबजारमातरुलकिन्नजानेहरुको भीड देख्न सकिन्छ । तरुलको मूल््यमाविगतकावर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमाधादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुलहरु आइरहेको व्यापारीहरुको भनाइ छ ।

कालीमाटीमा तरकारी व्यापार गर्दै आउनुभएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तीमामात्रै पाउने सिजनभएकाले पनि संक्रान्तीको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमाभन्न सकिने बताउछन् । त्यस्तै कालीमाटी तरकारी तथाफलफूलबजारमानै काँक्रोको व्यापार गर्दै आएकीअप्सरा सिलवालभने अरुबेलाकाँक्रो मात्रै व्यापार गर्ने भएपनि यस पटक भने सिजन रहेकाले तरुलमगाएर व्यापार गरेको बताइन् । उनले माघे संक्रान्तीकालागिआफूले नवलपरासीबाट २ गाडी तरुलल्याएको बताइन् । पछिल्लो केहीदिनयतातरुलहरु बजारमाबाहिरबाट धेरै आइरहेकाले भाउ सस्तो पर्नसक्ने बताउछन् । यदीबाहिरबाट तरुल ल्याउननदिएको खण्डमा भने महंगो पर्नसक्ने बताइन् ।

माघे संक्रान्तीनजिकिएसँगै तरुलमात्रै होइन, बजारमाचाकुको पनिउत्पादन र व्यापार बढेको छ । टोखानगरपालिकामा सञ्चालितउद्योगलाई यतिबेलाचाकु बनाउनभ्याइनभ्याइ छ । टोखामाउत्पादनभएको चाकु काठमाडौँ उपत्यकामाअसन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यकाबाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमापनिबिक्रीहुँदै आएको छ । झण्डै ५० वर्षदेखि चाकु उत्पादनगर्दै आएका टोखाचाकु उद्योगका सञ्चालक राजकाजीश्रेष्ठका अनुसारयहाँउत्पादितचाकु स्वदेशमामात्रै नभएर अमेरिका,जापानजर्मनी, अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै मागभएको बताउछन् ।

यहाँकाव्यवसायीले वर्षमा एक पटक मात्रै चाकु उत्पादन गर्छ र माघ महिनानजिकिएसंगै दैनिक ५० देखी १०० केजि सम्मचाकु विक्रीहुने गरेको बताउछन् । चाकु पनिगतवर्षको मूल्यमा नै बिक्रीभइरहेको व्यापारीहरु बताउँछन् । माघे संक्रान्तीको अवसरमा नेपाली समाजमातरुल,चाकु, तिलौरा लगायतखाएर माघे संक्रान्तीपर्व मनाउने गरिन्छ ।