Breaking

क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने


काठमाडौँ — क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका छन् ।