Breaking

आज मन्त्रालयको भागबन्डा टुंग्याइँदै, कुन पार्टीलाई कुन मन्त्रलय ?


काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डा, सभामुखको निर्वाचनलगायत विषयमा छलफल हुनेछ । बैठकबाट मन्त्रालयको भागबन्डा टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । गठबन्धनमा सात दल आबद्ध छन् ।

मन्त्रालयको भागबन्डा नटुंगिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले शपथ लिएकै दिन मन्त्री बनेका चारजनाको पनि मन्त्रालय तोकिएको छैन । गठबन्धनभित्र सहमति जुटेपछि भागबन्डा गरेर मन्त्रिमण्डल विस्तार गरिनेछ ।

मन्त्रालयको भागबन्डा टुंग्याउनेलगायत विषयमा बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । दुई नेताबीच ओलीनिवास बालकोटमा भएको भेटवार्तापछि गठबन्धनका शीर्ष नेताको बैठक बोलाइएको हो । बैठकमा सहमति जुटे एकरदुई दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

प्रचण्ड यही पुस १० गते तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । पुस ११ गते आठ सदस्यीय मन्त्रिपरिषद् गठनसँगै पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाइसकेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने नेताहरूले बताएका थिए ।