Breaking

काबुलमा आत्मघाती बम विस्फोट, २० जनाको मृत्यु


काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

विदेश मन्त्रालयनजिकै भएको विस्फोटमा अन्य केही घाइते भएका छन् । अधिकारीहरूका अनुसार बम विस्फोट भएको समयमा तालिवान र चिनिया अधिकारीहरूबीच बैठक चलिरहेको थियो ।

अफगानिस्तानमा चरमपन्थी संगठन इस्लामिक स्टेटले यस्तो आक्रमण गर्दै आएको छ । इस्लामिक स्टेटले गत वर्ष अफगानिस्तानमा भएका धेरै विस्फोटको जिम्मेवारी लिएको थियो ।

पछिल्लो आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले नलिएको बीबीसीले जनाएको छ ।