Breaking

प्रचण्डलाई एकैसाथ डर र अवसर, ओलीको पेलान–देउवाको टेको, देउवाले चलाएको तीरमा ओली घाइते


काठमाडौँ — असाधारण बहुमतसहित सरकारको नेतृत्वमा रहेका प्रचण्डसंसदका सबै दलले विश्वास दिएको भन्दै दंग छन् । तर एमाले–काँग्रेस जस्ता शक्तिलाई साथमा लिएर सत्ताको यात्रा गर्नु कम्ता चुनौतीपूर्ण छैन । यसैकारण उनले अवसरभन्दा धेरै चुनौती महसुस गरेका छन् । घरजम छँदा प्रेम टुट्यो, डिभोर्सपछि माया बस्यो ।’ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइसकेपछि छात्ति चौडा बनाएर होइन, पुच्छर लुकाउँदै दिएको प्रतिक्रिया हो यो ।प्रचण्डलाई विश्वासको मत दिने सभापति शेरबहादुर देउवाको प्रस्तावमाथि फरकमत जनाउँदै संसद छिरेका विश्वप्रकाश शर्मा र गगन थापा निस्किँदाप्रचण्डीकरण भएर निस्किएका थिए । उनीहरुको बोलीमा देउवा रलवजमा प्रचण्ड झल्किन्थे ।

काँग्रेस जस्तो विपक्षी कित्तासमेत पक्षमै उभिएर मत दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपार सफलता हासिल गरेका छन् ।तर मात्र दुईजनाबाहेक संसदको सबैशक्ति आफैमाथि केन्द्रीत बनेपछि उत्पात हौसिएका प्रचण्डमाखुशीभन्दा धेरै गम बढेको छ । र त्यसलाई कम गर्न आफु चुनौती रहेको भन्दै आगामी दिन कष्टकर रहेको प्रक्षेपण प्रचण्ड आफैले गरेका छन् ।
३२ सिटे माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा २६८ समर्थन प्राप्त भएपछि संसदका दुई ठूला शक्तिलाई सन्तुलन मिलाएर जाने चुनौती थपिएको छ ।

एकातर्फ सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रचण्ड नेतृत्वको एमाले सरकार बनाउने नीतिमा रहेका ओलीको भार थेग्नुपर्नेछ । अर्काेतर्फ आगामी सत्ताको लक्ष्यसहित लुसुक्कसमर्थनको भेषमा भाग खोजिरहेको काँग्रेसलाई सन्तुष्ट बनाएरसत्ता जोगाउनुपर्ने चुनौती छ ।कांग्रेसको मत पाएपछि दाहालले समाउने हाँगो पाएका छन् ।

जसले दुवैसँग खेल्दै आगामी पाँचबर्ष नै सत्तामा सुरक्षित रहने विकल्प पनि दिएको छ ।तर टेक्ने डालो कमजोर छ ।तेस्रो कार्यकालमा फरक संकल्पसहित काम गर्ने अठोट लिएपनि राष्ट्रपति, सभामुख, अर्थमन्त्री र उच्चस्तरीय संयन्त्रको संयोजकसहित प्रमुख स्थान एमालेलाई दिएर अगाडि बढ्दा पाइलैपिच्छे समस्या आउने जोखिम छ ।

दुई ठूला दल कांग्रेस र एमालेको दोहोरो चेपुवाका बीच साना दलका माग पुरा गर्दै सरकारका काम प्रभावकारी बनाउने चुनौती पनि प्रचण्डसामु छ । तथापीएमालेको ‘अतिरिक्त दबाब’ थेग्न नपरोस् भनेर उनले संसद्को ठूलो दल कांग्रेससँग पनि हात अगाडि बढाएका छन्  । यसले निकट भविष्यमा एमाले र कांग्रेसबीच टकराब भएर सत्ताको साँचो नै बुझाउने अवस्था पनि आउने छ ।फलतः राजनीतिक, आर्थिक र भूराजनीतिक चेपटामा परेका प्रचण्डलाई सबैको व्यवस्थापन गर्नै चुनौती छ ।यता एमालेसँग धेरै नजिक नहोहै भन्ने आवाज पनि सुन्नै पर्ने बाध्यतामा उनी छन् ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई अचानक विश्वासको मत दिएपछि सत्ता साझेदार दल एमाले झस्किएको छ ।यसको शंका ओलीले संसदमै गरेका छन् ।अचानक विकसित घट्नाक्रमले एमाले–काँग्रेसको दाउपेचदेखि सरकारको भविष्य र कार्यसम्पादनसम्मै प्रश्न उठाएको छ । सरकारलाई समर्थन गरेका अन्य दलका सर्तैसर्तले पनि प्रधानमन्त्री प्रचण्ड दबाबमा परेका छन् ।