Breaking

रवि र राजेन्द्रले गुमाएको ठुलो मौका,पुराना दल एक ठाँउमा, नयाँको बेहाल, अबको प्रतिपक्षको को ?


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतलिएसंगै संसद प्रतिपक्षी दलविहिन भएको छ । यो संगै कालेकाले मिलेर खाँउ भालेकै अवस्थामा देश पुगेको छ भने नयाँ भनिएका दलहरुपनि प्रश्नको घेरामा तानिएका छन् ।जहा २ मत मात्रै प्रतिपक्षमा खस्दा नयाँ र वैकल्पिक भनिएका दलहरु प्रतिपक्षीय भूमिकाको महत्वकोपूर्वानुमानमा चुकेका छन ।

भ्रष्टाचारीलाई टुटिखेलमा राखेर नाकको डाडि भाचिने गरि हान्ने धम्की दिने रवि लामिछाने अहिले हल्लिएपनि अर्कालाई गोडा लाग्ला कि भन्ने अवस्थामा छन् । एकातर्फ आफ्नै नागरिकताको प्रश्न अर्कातर्फ आफैले गाली गरेकालाई वोकेर हिडेका उनी अव सत्ताकै लागि पनि उत्ति महत्वपूर्ण रहेनन् ।आफू निराशाको नभई आशाको मत भएको दावी गरेका उनी साच्चिकै सत्ताभित्रै प्रतिपक्षी बन्ने दिन आउन लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएको विश्वासको मतले राजनीतिक पुर्वानुमानमा फेल सिद्ध भईसकेका छन् ।

हिजोका दिनमा सरकार गठन नै नहुने अवस्था आउदा सत्तामा जानुपरेको वनावटि उत्तर भएका उनलाई अव त्यो उत्तर पनि पुरानो भएको छ ।संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने उनको तर्कलाई पनि अव माथ मिलेको छ भने उनीका दवावका अघि निरिह हुनपर्ने वाध्यताबाट पनि प्रधानमन्त्री बाहिर आएका छन । यताभ्रष्टचारीलाई पाता कस्न अधिकारसम्पन्न संयन्त्र बनाउने बताउदै आएका उनी सम्मिलित सरकाले ल्याएको निति कार्यक्रममा निति तथा कार्यक्रममात्यस्तो कुनै कार्यक्रम छैन ।

उनकै भाषामा बा नानिका बा र देउवा एकै ठाँउमा आईपुगेका छन भने उनीहरुलाई खवरदारी गर्ने आशा गरिएको वैकल्पिक शक्ती पनि सत्ताकै चास्नी चाट्न पुगेको छ । यतिमात्र नभएर भ्रष्ट्रचारको सवै पुराना फाईल खोल्नुपर्छ भन्दै गर्दा ललितानिवास जग्गा प्रकरणमा डामिएकै व्यक्ति उनका सहयात्री छन ।जसलेसवै एकै ठाँउमा उभिदा उनीहरु अव कसरी भिन्न भन्ने प्रश्नमा घेरामा परेका राष्ट्रिय स्वतन्त्र,जनमत र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सत्ताभन्दा माथि उठ्न नसकेका प्रष्ट भएको हो ।

नयाँको उद्यले दलहरुलाई सोच्न बाध्य बनाँउछ भनेकै वेला सवैदल एक ठाँउमा मात्र जुटेका छैनन् उनीलाई पनि मतियार बनाउन सफल भएका छन । यता पार्टीभित्रैबाट कमल थापाको लाईनमा अघि बढेको आरोप खेपेका राजेन्द्र लिङदेन पनि एउटा विदाको वहानामा सत्तामा छन । राष्ट्रिय एकता दिवसको माग गरेका उ मन्त्रीपरिषद स्तरीय निर्णय दिएको एक दिने विदालाई उपलब्धीका रुपमा अथ्याईरहेको छ ।

पछिल्लो समय लिङदेनले प्रलोभनमा समानुपातिक सांसद बाढेको,ओलीसंग आफ्ना लागि मात्रै तालमेल गरेको विषयले पार्टीभित्र उनीविरुद्धको मत वलियो बन्दै गएको छ । उनलाई चुनौती दिदै रविन्द्र मिश्र स्थापित भईरहेको अरुलाई चोर भनेर आफै दुधको बस्ने विरालाहरुभएको भन्दै पुरानालाई गाली गर्ने नैतिकता समेत गुमेको आरोप छ । जहाँ वादरलाई मकै रुङ्ने खेताला लगाएझै राजतन्त्रको रखवाला गणतन्त्रवादीलाई बनाएको आक्षेप पनि उनी खप्दै छन । यतिमात्र नभएर वैकल्पिक भनिएका उनीहरुकै पार्टीमै विचार राख्नबाट समेत वन्चित हुदाँ सरकारमा जानु भन्दा प्रतिपक्षमै वस्दा फाईदा हुने पूर्वानुमानमा उनी गलत सावित भएका छन ।

वर्तमान परिस्थितीमा पुन एक पटक मिलेर खाँउ र सत्ता एकमात्र उदेश्य लाग्नेहरु पुरातन शक्तीहरु एक ठाँउमा छन् । उनीहरुको यहि सिण्किेटकै अवस्थामा प्रश्न गर्ने प्रतिपक्ष पनि संसदमा छैन । जहाँ प्रश्न र खवरदारीको आशामा जिताएर पठाएका नयाँ दलहरु भने न त दवाव दिन सक्ने न त वाहिर जान सक्ने हालतमा त्यहि सरकारमा सामेल छन । पुराना दलहरुको एकताविच मिचिने र पिसिने पक्का भएका उनीहरुका कदम समेत आशा दिने खालका पनि छैनन् ।