Breaking

राप्रपाको चियापान कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ


काठमाडौँ — उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिएर सरकारले नेपालको भौगोलिक एकीकरणका नायक पृथ्वीनारायण शाहको ऐतिहासिक कदमलाई स्थापित गरेको बताउनु भएको छ । पृथ्वी जयन्तिको अवसर पारेर बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले नेपालको भौगोलिक एकीकरणको नायक पृथ्वीनारायण शाहबारे कुनै पनि विवाद गर्नुपर्ने आवश्यक्ता समेत नरहेको बताउनु भयो ।

उहाँले सञ्चारकर्मीहरुमाझ नेपालको भूभागको पुर्नएकीकरण गर्ने काम पृथ्वीनारायण शाहले गर्नु पर्ने समेत बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नु भयो, ‘नेपालको भौगोलिक एकीकरणका नायक हुनुहुन्छ पृथ्वीनारायण शाह । वास्तवमा पृथ्वीनारायण शाहको भूमिकाका बारेमा कुनै विवाद गर्नुपर्ने आवश्यक्ता छैन । राज्य विस्तारकै तरिकाद्वारा बस्तुगत रुपमा नेपालको भूभागको पुर्नएकीकरण गर्ने काम पृथ्वीनारायण शाहमार्फत् भयो ।

त्यसलाई स्मरण गर्दै, त्यसलाई सम्मान गर्दै सरकारले आज दिनलाई पृथ्वी जयन्तिको रुपमा विदा दिने निर्णय गरेको छ । यसको ऐतिहासिक महत्व स्थापित भएको छ । पहिलो कुरा त हामीले ऐतिहासिक सत्यलाई राज्यको स्थापित गर्ने काम गरेका छौं ।’
सरकारले यस वर्ष पृथ्वी जयन्तिमा सार्वजनिक दिएको छ ।