Breaking

सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गर्‍यो ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवार पृथ्वी जयन्तीको अवसर पारेर काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रमपछि उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएको हो । अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिङ्गो देशलाई एकताबद्ध गरेको स्मरणसमेत गरेका थिए ।

उनले भने पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाइ गर्नुभयो, जुन नेतृत्व गर्नुभयो र देश एकीकृत भयो । एकीकरण भयो । एउटा देश भयो । नेपाल भयो । हामी नेपाली भयौँ । त्यस कारण पृथ्वीनारायण शाहको जन्मदिनको खुसीयालीमा सरकारले बिदा दियो । पहिलो पटक होला यो सन्दर्भमा ।’ सरकारले आज पृथ्वी जयन्तीको अवसर पारेर सार्वजनिक बिदासमेत दिएको छ ।