Breaking

सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल


काठमाडौँ — सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीसमक्ष उनले २९ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा दाबी गरेका रावललाई प्रदेश प्रमुखले बुधबार नै मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखले सुदूरपश्चिम प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले चार दलको समर्थनसहित बहुमत जुटाएका रावललाई संविधानको धारा १६८ (२) अनुुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । एमाले नेता रावलको समर्थनमा एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७ र राप्रपा एक गरी २९ सांसद पुुगेका हुन् । प्रदेशसभामा एमाले तेस्रो ठूलो दल हो ।