विदेश

पर्सामा निस्सासिएर दुई जनाको मृत्यु


काठमाडौँ — वीरगञ्ज महानगरपालिका(२२ जगरनाथपुर त्रिपति ट्रेडिङ एन्ड सप्लायर्स कोइला डिपोमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए । भारत बिहार मोतीहारी जिल्‍ला थाना रक्सौलका २९ वर्षीय पवित्र गिरी र ३० वर्षीय मिथलेश यादवको मृत्यु भएको हो। यादव उक्त डिपोमा म्यानेजर हुन्।

उनीहरू उक्त डिपोको रेखदेख गर्न एकतले पक्की भवनमा बस्दै आएका थिए । दुबै जना उक्त कोठामा सुतेकोमा बुधबार बिहान १० बजेसम्म पनि उनीहरूले ढोका खोलेनन् । ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो। उक्त खबर पाएपछि प्रहरीले ढोका फोडेको थियो। त्यतिञ्जेल उनीहरूको मृत्यु भइसकेको डिएसपी गिरीले बताए । घटनास्थलमा हेर्दा उनीहरूले कराइमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेका थिए । कोठामा अक्सिजन कमी भएर उनीहरूको मृत्यु भएको हो।