समाचार

श्रीमानले लात्तीले हान्दा श्रीमतीको मृत्यु


काठमाडौँ – झापामा श्रीमानले लात्तीले हान्दा श्रीमतीको मृत्यु भएको छ । मंगलबार बेलुका झापा अर्जुनधारा नगरपालिका ९ खरबन्दिस्थित विश्वराज घिसिङको लात्ती प्रहारबाट उनकी श्रीमती प्रमिला भुजेलको मृत्यु भएको हो ।

भोजपुरको अरुण गाउँपालिका १ घर भई हाल झापा अर्जुनधारा नगरपालिका वडा ९ खरबन्दिमा डेरा गरी बस्ने ३५ वर्षीय विश्वराज र ३६ वर्षीया प्रमिलाबीच खाना नपकाएको विषयमा झगडा भएको थियो ।

विश्वराजले पेटमा लात्तीले हान्दा उनको घटनास्थलमै मृत्यु भएको हो । लात्ती हान्ने श्रीमान् विश्वराज घिसिङलाई इलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान भइरहेको झापा प्रहरीले जानकारी दिएको छ ।