Breaking

माघ ९ सम्म काठमाडौँ नछाड्न कांग्रेस सांसदहरूलाई ह्विप


काठमाडौँ – नेपाली कांग्रेसले आगामी माघ ९ गतेसम्म प्रतिनिधिसभा सदस्यहरूलाई काठमाडौँ नछाड्न ह्विप लगाएको छ । बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदहरूसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले बिना जानकारी काठमाडौँ नछाड्न कांग्रेसले सांसदहरूलाई ह्विप लगाएको हो ।

बदलिँदो राजनीतिक परिस्थिती, सरकारले संसदमा लिएके विश्वाशको मत, सभामुख-उपसभामुखको निर्वाचन लगायत कारण सांसदहरूलाई काठमाडौँ नछाड्न ह्विप लगाइएको प्रतिनिधिसभा एक सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार (२६ पुस) मा संघीय संसदको प्रतिनिधिसभाबाट असाधारण विश्वासको मत पाएका छन् । प्रतिपक्षमा बस्नेगरी कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएको छ ।

प्रचण्डलाई विश्वासको मत दिनेबारे कांग्रेसमा दुई धार देखिएको थियो । महामन्त्रीद्व गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जना सांसदहरुले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे असहमति दर्ज गरेका थिए ।

सभामुख निर्वाचन मिति माघ ३ गते सूचना टाँस गरी तोक्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद सचिवालयलाई निर्देशन दिएका छन् भने माघ ५ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।