Breaking

अस्थिर संसद निरंकुश हुने डर, सदन सवाल–जवाफ विहीन, कसले बनाउला जवाफदेहिता


काठमाडौँ — निर्वाचनपछि गठित संसद स्वत प्रतिपक्ष विहिन बनेको छ । राष्ट्रिय जनमोर्चा र नेमकिपा बाहेक सबै राष्ट्रिय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका छन् । विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डले प्राप्त गरेको सफलता सदनका लागि भने घातक बन्ने चिन्ता सुरु भएको छ । जुनसुकै संसदीय शासन प्रणालीमा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरिएको छ । संसदमा जनताको माग सम्बोधन गर्ने पहल, मतदाताहरुको अधिकारको संरक्षण, सरकारलाई जनताप्रति जवाफदेखि बनाउन, सरकारको काम कारवाहिको निगरानी जस्ता भूमिकामा प्रखर प्रतिपक्ष पहिलो सर्त हो ।

अर्थात संसदीय व्यवस्थामा प्रतिपक्ष अपरिहार्य छ । प्रतिपक्षविना संसदीय प्रणाली औचित्यहिन प्राय छ । प्रतिपक्षविना संसद निरंकुश हुन्छ भन्ने भाष्य छ । भर्खरै सम्पन्न निर्वाचनपछि गठित संसद प्रतिपक्ष विहिन बनेको छ । सदनको ठूलो दल प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएको छ । कांग्रेसले सरकारलाई सर्मथन गरेर संसदीय अभ्यासमा नयाँ भाष्य निर्माण गरेको छ ।

मंगलवार संसदमा उपस्थित दुई सय ७० जना सांसदमध्ये प्रधानमन्त्री प्रचण्डलाई दुई सय ६८ सांसदले विश्वासको मत दिएका छन । जनताले ३२ सिटमा खुम्चाएर तेस्रो शक्ति बनाएको माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सदनमा प्राप्त गरेको विश्वासको मत ऐतिहासिक मत हो । विश्वासको मतमा ठूलो सन्देहकाबीच प्रधानमन्त्री प्रचण्डले प्राप्त गरेको मत नेपालको संसदीय इतिहासमै असाधारण समर्थन हो ।

प्रचण्डको यो सफलता संसदको सफलता भने धरापमा पर्ने डर बढेको छ । कारण सदन प्रतिपक्ष विहिन बनेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष प्रतिनिधिसभा सदस्य चित्र बहादुर के.सी र संधै प्रतिपक्षमा बस्दै आएका नेमकिपा सांसद प्रेम सुवाल मात्र प्रतिपक्ष बनेको छ । बलियो प्रतिपक्ष नहुँदा सरकार निरंकुश बन्ने त होइन भन्ने डर प्रतिपक्षमा सुरु भईसकेको छ ।

पुराना र ठूलो पार्टी मात्र होइन वैकल्पिकको हुँकार गर्दै जनताको परीक्षण मत पाएका नयाँ पार्टीहरु पनि प्रचण्ड प्यारो बने । सत्ता नै प्यारो बन्यो । यसअघि पनि प्रतिपक्षमा बस्दै आएका साना दलहरु भने विगतकै मुद्धा बोकेर प्रतिपक्षमा उभिएका छन् । राष्ट्रघाती एमसीसी र नागरिकता विधयकवारे सरकार चुप रहेकाले आफुहरु प्रतिपक्षमा बसेको मजदुर किसान पार्टीले प्रष्टाएका छन ।

राजनीतिक वितृष्णाको उपज निर्वाचन मार्फत मतदाताले नयाँ र वैकल्पिक शक्तिलाई पत्याएन्न मात्र अपत्यारिलो तरिकाले विजय समेत गराए । तर विडम्बना सबैलाई सत्ता नै पहिलो सर्त बन्यो । सत्ताको दाउपेचमा सबै प्रचण्डको पछि लागे । सरकारलाई समर्थन गर्दै प्रतिपक्षमा बस्ने बाचा गरेका दलहरुले प्रचण्डलाई समर्थन भन्दा आफ्नो दाउपेच हेरिरहेका छन् । फलत सदनमा प्रतिपक्षको खडेरी हुने देखिन्छ छ ।