Breaking

चीनद्वारा ताइवानको समुद्र र हवाई क्षेत्रमा पुनःसैन्य अभ्यास सुरु,२४ घण्टामा ५७ चिनियाँ विमान परिचालन


काठमाडौँ — चीनले पुनदोस्रो पटक सैन्य अभ्यास सुरु गरेसँगै ताइवानले निन्दागरेको छ । यो प्रकरणमा विश्वकाशक्तिराष्ट्रहरु फरि विभाजित देखिएका छन् । चीनको सेनाले पुनताइवानवरिपरि सैन्य अभ्याससुरु गरेको छ । यो एक महिनाभन्दाकमको अवधिमा दोस्रोे अभ्यास हो ।सेनाले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमा ‘संयुक्त लडाई तयारी गस्ती र वास्तविक लडाई अभ्यास’आयोजना गरेको विभिन्नअन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएको छ ।

उक्तअभ्यासको ताइपेयले विरोध जनाएको छ । गतवर्ष अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीचपनिविवादचर्किएको छ ।चीनको जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डका प्रवक्तावरिष्ठ कर्नल शियीले ले सैनिकहरूले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमाभूमि र समुद्री आक्रमणहरूमा केन्द्रितभएर अभ्यास गरेको दाबी गरेका छन् । सो अभ्यास सैन्यहरूको संयुक्त लडाई क्षमताको परीक्षण गर्न गरिएको चीनको दाबीरहेको छ ।

आजबिहान ६ बजेसम्ममात्रताइवानक्षेत्रमा७१ (पीयाल ए) विमान र ७ वटा प्लानजहाजहरू ताइवान वरपर फेला परेको त्यहाँको रक्षामन्त्रालयले जनाएको छ । उक्त क्षेत्रमा फेला परेको विमानमध्ये४७ताइवान स्ट्रेटको मेरिडियन रेखापार गरी ताइवानको दक्षिणपूर्वी (ए डि आई) जेटमाप्रवेश गरेको थियो ।उक्त सैन्य अभ्यासलाईजनतालाई डराउने प्रयास गरिरहेकाताइवानलेजनाएको छ ।ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश मान्दै आएको छ भने बेइजिङले त्यसलाई आफ्नो महत्वपूर्ण भूमि ठान्छ ।

चीनले प्रजातान्त्रिक रूपमाशासितताइवानलाई आफ्नो क्षेत्रको रूपमा हेर्ने गर्छ र तीदाबीहरू पुष्टि गर्न पछिल्लो समय सैन्य, राजनीतिक र आर्थिक दबाब बढाउँदै आएको छ । सोमबार ताइवानको रक्षामन्त्रालयले पछिल्लो २४ घण्टामा उसले ५७चिनियाँविमान र सेना जहाजहरू टापुको वरिपरि परिचालनभएको दाबी गरेको छ । जसमा २८ विमानहरू ताइवानको वायु रक्षा क्षेत्रमा उडेको बताइएको छ ।चिनियाँअभ्यासको समयमा अमेरिकी सेनाले पनिउक्त क्षेत्रमाकामगरिरहेको थियो कि थिएनभन्ने तुरुन्तै स्पष्ट भएको छैन ।ताइवानको राष्ट्रपति कार्यालयले भने अभ्यासको कडा निन्दा गरेको छ र शान्तिस्थिरता कायमगर्नु ताइवान र चीनदुवैको साझाजिम्मेवार रहेकोऔँल्याएको छ ।

गतमहिनाको अन्त्यमाचीनले ताइवानको वरिपरि सैन्य अभ्यासकालागि७१ वटा लडाकु विमानहरू पठाएको थियो जसमध्य४३ वटा विमानले मध्य रेखापार गरेको थियो। त्यो अभ्यास अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय रक्षाप्राधिकरण ऐनमा हस्ताक्षर गरेपछि भएको थियो । सो अभ्यासलाई नाटकीय परिवर्तनको रुपमा हाइलाइट गरिएको छ । अमेरिकीराष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने ताइवानमा युद्धको सम्भावनालाई गतहप्ता नै औँल्याएको थियो ।

चीनले प्रजातान्त्रिक रूपमाशासितताइवानलाई आफ्नो क्षेत्रको रूपमा हेर्छ र तीदाबीहरू पुष्टि गर्न सैन्य, राजनीतिक र आर्थिक दबाब बढाउँदै आएको छ । ताईवानको टापुलाई आफ्नो नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न कहिल्यै नथाकेको चीनले विगततीनवर्षदेखि ताइवाननजिकैको जलतथाहवाई क्षेत्रमानियमित सैन्य आक्रमण गर्दै आईरहेको छ ।