Breaking

संसदमा सर्वशक्तिमान प्रचण्ड, विदेशीको केही लागेन,यस्तो छ प्रचण्डको आगामी चुनौती


काठमाडौँ — प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले मंगलवार विश्वासको मतप्राप्तगरेका छन । स्वदेशीतथाविदेश चलखेल र प्रभावचिर्दै सदनमाविश्वासको मतप्राप्तगर्न सफल प्रचण्डले आगामी राजनीतिकयात्राकालागिआन्तरिक तथाविदेशीशक्तिको विश्वास कतिप्राप्त गर्छ चासो बढेको छ । निर्वाचनपछि बनेको वर्तमान सरकारका प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले ठुलै रस्साकक्सीकाबीचविश्वासको मतप्राप्त गरेका छन् । संसदको तेस्रो दल बनेर पनिकित्तापरिवर्तन गरेर प्रधानमन्त्रीबनेका प्रचण्डले मंगलवार विश्वासको मतप्राप्त गरेका हुन् ।

विचलितआन्तरिक राजनीतिक, शीर्षस्तको सत्ताको दाउपेच र त्यसमाविदेशीशक्तिहरुको खुलेआमचलखेल बढ्दा विश्वासको मतमा सन्देह मात्रथिएननयाँ सत्ता समिकरणको अड्कलबाजीको चर्चा समेत चुलिएको थियो । प्रतिपक्षदल बाट एकाएक सत्ता साझेदार बनेको नेकपाएमालेले मौजुदा गठबन्धन भत्काउनकांग्रेस सभापति शेर बहादुर देउवाले विदेशीशक्ति नै लगाएको आरोप समेत लगाउनभ्याए ।

छिमेकीमुलुकभारतका राजदुतनविनश्रीवास्तव र अमेरिकी राजदुतडिनआर थम्पसनको सक्रियताले थप सशंकितबनायो । उनीहरुको उच्चस्तरीय भेटघाट दुई मुलुकबीचको सम्बन्धमानयाँआयामथप्ने भन्दापनि धेरैले राजनीतिक हस्तक्षेपको रुपमाअर्थाएकाथिए। प्रधानमन्त्रीले विश्वासको मतप्राप्तगर्नुपूर्व नै कांग्रेस नेताविमलेन्द्र निधिको दिल्लीयात्रा, कांग्रेस सभापति शेर बहादुर देउवाकाविश्वासिलापात्र कृष्ण प्रसाद सिटौलाको बालुवाटार यात्रा र पुरानै समिकरणमा फर्काउने रणनीतिले केहि संकेत नछाडेको पनिहोइन । राष्ट्रिय राजनीतिमा दक्षिणको प्रभावपुरानो हो ।

तर कम्युनिष्ट शक्तिले सत्ताको नेतृत्वगर्न साथचिनको प्रभाव र सहयोगभएको विश्लेषणभयो । ओली प्रचण्डको मिलन र प्रचण्ड प्रधानमन्त्रीहुनासाथलामो समयदेखि बन्द सीमानाकाखुला गरेर उपहार दिए । लगत्तै नयाँ राजदुत समेत पठाई सकेको छ । अर्थात चिनथप सक्रियहुने निश्चित छ ।यताकतिपय नेताहरु भने यो सरकार भारतले र नेपाल–चीन सम्बन्ध र प्रभावको हल्लापनिभारतले नै चलाएकोतर्क गर्छन ।

निर्वाचनमाकुनै पनिदलले स्पष्ट बहुमतप्राप्त गरेन । संसदीयअंक गणितका आधारमा संसद अस्थिर छ । भलै प्रचण्डले पा्रप्त गरेको विश्वासको मतले राष्ट्रिय सहमतिको वातावरण बनेको छ । तर सरकार गठनमा बाह्यशक्तिको चलखेल र प्रभाववारे नेताहरु मात्रहोइनविश्लेषकहरु समेत मुलुकको राजनीतिकअस्थिरताको जड बाह्यप्रभावभएको दावी गर्छन ।

बढ्दो वैदेशिक हस्तक्षेप र शिथिल कुटनीतिक क्षेत्रको सुधार वर्तमान सरकारका लागिकमचुनौती छैन । बदलिँदो भु–राजनीतिकप्रभाव नेपालको सामारिक महत्वका कारण पनिप्रधानमन्त्री प्रचण्डले वैदेशिकप्रभाव र दवावको सामनागर्नुपर्ने छ । स्वदेशीतथाविदेश चलखेल र प्रभावचिर्दै सदनमाविश्वासको मतप्राप्तगर्न सफल प्रचण्डले मुलुकको राजनीतिक स्थायित्वविकास र समृद्धिका लागि समग्र राजनीतिकशक्ति र विदेशीशक्तिको समेत विश्वास जित्न सक्लाअथावआगामी सरकार कतिप्रभावकारी बन्न सक्छ सबैको चासोमा छ ।